जनकपुरधाम,बैशाख २७ गते
जनता समाजवादी पार्टी(जसपा)का केन्द्रिय सदस्य संजय कुमार चौधरीले मुलुकलाई दुर्घटना हुनबाट जोगिएको बताएका छन् । कोरोना संग संगै वर्तमान राजनीतिक पनि उतिकै चर्चामा रहेको बेला युवा नेता समेत रहेका चौधरीले संसदमा मतदान गर्ने ह्वीप जारी नगर्ने निर्णयले पार्टीको मर्यादा र पार्टी फुटबाट जागिएको हो। उनले पार्टीका वरिष्ठ नेता महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताले खेलेको भूमिका सहारणीय रहेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका हुन । जनता समाजवादी पार्टीले लोकतान्त्रिक अभ्यास सुरु गरेकोले अरु पार्टीले जस्तो माननीय ज्यूहरुलाई दाम्लोले बाधेर घिसा्रदैन हजुर !जय मधेश लेखेका छन् । नेता चौधरी यहि विषय लिएर कुनै प्रतिगमनकारीलाई विश्वासको मत नदिने र तटस्थ बस्ने निर्णय उचित हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल,माधव नेपाल, शेरवहादुर देउवा प्रतिगमनकारी नै रहेको समाजिक संजालमा टिप्पनी गरेको हो । विगतमा सत्ता साझेदारी गरेर हाम्रो आरदनयि नेताहरुले भोगेका अपमान र पहिलेको अपमानको घाउँ निको नहुँदा हुदैं फेरी पनि साझेदारी गर्न मरिहत्ते गर्ने नेताहरुको समाजिक संजालमा नेता चौधरीले कडा आलोचना गरेका हुन । उनले केपी शर्मा ओली प्रतिगमनकारी हो भने शेरवहादुर देउवा, माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल चाहि को भन्दै के यिनीहरुको सुईको नोक बमोजिम पनि कम छ त प्रश्न गरेको हो । विगत झै मधेशको मुद्दाको सवालमा अडिग रहनुपर्ने उनको कथन छ । अलिे सत्तामा पुगन केही नेताहरुको चाहना त छ तर पार्टीका लागी एक ढिक्का नभए इच्छा पुरा नहुने समाजिक यस्तो प्रतिक्रिया नेता चौधरीले लेखेका हुन ।