जनकपुरधाम, बैशाख २८ गते
महोत्तरीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेको छ ।
मंगलवार महोत्तरीको सम्सी गाउँपालिका स्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मृत अवस्थामा फेला परेको हो । सो गाउँपालिकाको वडा नम्बर ७ स्थित आंपको बगैचामा २५ वर्षिका प्रहरी जवान जितेन्द्र साह मृत अवस्थामा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । आंपको रुखमा लाइलनको डोरीले पासो लगाई झुण्डिएरको अवस्थामा साह मृत फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले प्वक्ता विष्टले बताए । पर्सा जिल्लाको बहदुरबामाई नगरपालिका वडा नम्बर १ घर भएका प्रहर िजवान पछिल्लो ७ महिना यता सम्सी प्रहरी चौकीमा कार्यरत थिए । प्रहरीका अनुसार मृत फेला परेका साहको अगामी जेठ ९ गते विवाह तय भएको थियो ।