
धनुषा , वैशाख २८ गते
जनकनन्दिनी गाउँपालिका वाड नं. १ काे कमला नदी बगरमा खरबूजा खेती गर्ने किसान लकडाउनबाट प्रभावित बन्न पुगेका छन् । काेराेना भाइरस संक्रमणकाे त्रास फैलिरहेकाे समयमा नेपाल सरकारले लकडाउन गरेपछि सवारीसाधन राेकिदा बिक्री गर्ने समय भएको खरबुजाले बजार नपाउने सम्भावना बढेकाे किसानहरुले गुनासाे गरेका छन् । खरबुजा बिक्री गर्ने समयमा बन्द हुँदा पाकेकाे खरबुजा बगरमा नै कुहिने सम्भावना बढेकाे किसानले बताएका छन् ।
खाेला बगरमा लगाएकाे खरबुजा पाक्ने थाले भएपछि लकडाउनका कारण बजार तथा यातायात बन्द भएपछि खरबुजा बिक्री गर्न समस्या भएको जनकनन्दिनी गाउँपालिका वाड नं. १ का खरबुजा खेती गरिएको किसान जगदेव यादवले बताए । यादवका अनुसार करिव सयौं बिगा क्षेत्रमा किसानहरुले खरबुजा र तरबुजा लगाएका छन । अधिकांश किसानहरुले मलिलाे माटाेमा धान, गँहु , मकै , खरबुजा , का साथै अन्य खाद्य तथा नगदे बालि लगाउदै अाएकाेमा यश क्षेत्रका मेहन्ती किसानहरुले खाेलाकाे बालुवा तहमा खेती लगाएकाे छन् । वैदेशिक राेजगारीमा बिदेशकाे समेत अनुभव बटुलेका किसानहरुले अाफ्नै देशमा त्यतिकै मेहनत गर्दा बिदेशकाे भन्दा राम्रो कमाई हुने भएपछि खरबुजा र तरबुजा खेती गर्न सुरु गरेको किसान जगदेव यादव ले बताउँछन् । लकडाउनका कारण जनकनन्दिनी गाउँपालिका वाड नं. १ का किसान यादवले खरबुजा बिक्री गर्न नपाउदा लाखौं रुपैया नाेक्सानी भएको देखिन्छ । तर यादवले बताए पाैष महिनाकाे जाडाेमा खाेलाकाे चिसो हावा खाँदै खाेला धारमा बास बसेर गरेको दुख उज्यालो भएदेखि बिरुवा राेप्ने टिनमा बाेकेर पानी लगाएको र गाेडमेल गरि दुख गरेकाले बिक्री गर्ने समयमा बन्द हुदा लाखौं रुपैयाँ नाेक्सानी भएको बताए । गर्मी महिनामा खान उपयुक्त हुने पानीकाे मात्र बढी भएको खरबुजा पाकेपछि अन्य क्षेत्रबाट ब्यापारीहरु अाई खरिदबिक्री गरेर लाग्ने गरेको बताएका छन् । उनीहरुले लगाएकाे खरबुजा ब्यापारीहरु ट्रक , बेलगाडी लिएर बगरमा अाई हाेलसेल मुल्यमा खरिद गरेर जनकपुरधाम , सिरहा , गाउँ घरकाे बजार , गाेलबजार , इटहरी , जायनगर साथै स्थानीय स्तरका ब्यापारीहरुले लाने गरेको यादवले बताए । मल पानी राम्रो पुगेमा एउटा खरबुजा ३० केजि सम्मकाे हुने र हाेलसेलमा प्रति गाेटा ५० रुपैयाँ सम्ममा बिक्री हुने गरेको किसान जगदेव यादवले बताए । बिदेशमा राम्रो कमाई नभएपछि अाफ्नाे देशमा बसेर काम गर्ने किसानहरुलाई उत्साह प्रदान गर्न अावश्यक रहेको नेपाली काँग्रेसका धनुषा जिल्ला कार्यसमिती सदस्य धर्मनाथ यादवले बताए । सयौं बिगहा क्षेत्रफलमा लगाएकाे खरबुजा स्थानीय स्तरमा मात्र खपत हुने अवस्था नरहेकाले अन्य क्षेत्रमा निर्यात गर्न जरुरी रहेकाले सरकारी तहबाट मुलुकका अन्य क्षेत्रमा खरबुजा निकासीका लागि स्थानीय र पा्रदेशिक सरकारले पहल गर्नुपर्ने यादवले बताए ।