
वैशाख ३१ गते ,शुक्रबार
विश्वनै कोरोना बाट आक्रान्त भईरहेका बेलामा पुर्वाग्रहि सोचलाई बिसर्जन गरौ , वर्तमान कोरोनाको अवस्था बाट लडन तत्काल सम्पुर्ण नेतृत्व शक्तीहरु एक जुट हुन -जसपा धनुषा जिल्ला सचिव मनोज कुमार साहले आग्रह गरेका छन ।हाम्रो देशका प्रधानमन्त्री लगायत विभिन्न पार्टी तथा नेतृत्वकर्ताहरुलाई कोरोनाबाट वाचौ र वचाअौ अभियान अन्तर्गत जोडतोडले जुटनुपर्ने ठाउमा सरकार परिवर्तनमा मात्रै ध्यानाकर्षण हुनु दुर्भाग्यपूर्ण रहेका नेता साहले बताए।
विगत देखि नै मधेशका जनताहरुले सम्मपुर्ण मधेशी दल एक ढिका हुनुपर्छ भनी दिएका माईन्डेडलाई लगभग सबै दलहरु मिलि राजपा बनयो तर आज बहुमत जनताबाट निर्वाचित माननीय रेशम चौधरी लगायत पार्टीका महत्वपूर्ण एजेन्डाहरु पुन:ओझलमा परेका छन।
हाम्रोलागि नेता ओलि,माधव,प्रचण्ड ,देउवा प्रतिगामिहोस वा जोसुकै होस कसलाई प्रधानमन्त्री बनाउने र हटाउने भन्न्दा पार्टीले बोकेका माङ र एजेन्डा लाई सम्बोधन गराउने मार्ग मात्र सहि र सर्वमान्य मानिनेछन।जुन माङ र मुद्दा माननीय महतोले अथक प्रयासगरी अडानका साथ विश्वासका घेरामा पारी प्रधानमन्त्री ओलिबाट केही आन्दोलनकारिहरुमाथी लागाईएका झुठा मुद्दहरु फिर्ता पनि गराएका छन र बाकी माननीय चौधरीको रिहाई,संविधान सन्सोधन ,नागरिक्ता लगायतका बिधमान एजेन्डाहरु सम्बोधनका क्रममा आधिकारिक प्रयास भईरहेको थियो तर बिचमै मन्त्री बन्ने बनाउने खेलका रचैता स्वार्थी नेताका कारण प्राप्त हुनथालेका महत्वपुर्ण उपलब्धिहरु कोरोनायुक्त भएकानेता साहले बताए।मैथिला एउटा उखान छ “भाइ फुटे त गवार लुटे”सरि नै आज माधव प्रचण्ड र देउवा सावित भएका हुन। बिगत देखि नै विभिन्न काल खन्डमा यिनिहरु मधेशी,जनजाती,मुस्लिम ,थारु,राई,लिम्बू जस्ता शोषण उत्पीडनमा परेका जनताहरुलाई पहिचान सहितको अधिकार कुन्ठित पारेका हुन भन्ने कुरा बुझ्दा बुझदै जानी जानी छनिक प्रलोभनमा पर्नु उचित देखिदैन बरु रास्ट्र निर्माणका लागि एक जुटभै आगाडी बढन नेता साहले आग्रह गरे ।
Discussion about this post