जनकपुरधाम, जेठ ७ ।
सातै प्रदेशका ट्राफिक प्रहरीलाई नेतृत्व विकास समितिले आज स्वास्थ्य सामग्री वितरण गरेको छ ।
उषा मल्ल सिंहको संयोजकत्वमा नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तरगत रहेको नेतृत्व विकास समितिले ‘सकारात्मक परिवर्तनका लागि नेतृत्व’ भन्ने मुल नाराका साथ नेपालभरीका विभिन्न जिल्लाहरुमा कार्यरत ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
कोरोना महामारीको विषम परिस्थितिमा जनताको जीवन रक्षाका लागि अग्रपंक्तिमा रहेर खटेका प्रदेश २को धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालय फेसशिल्ड २५ थान, मास्क ३०० थान र सेनिटाइजर २४ थान र ५ लिटरको जार धनुषा ट्राफिक प्रहरी प्रमुख लाई हस्तान्तरण गरिएको छ । राकेश बिक्रम साह, सुजित यादव, राहुल मिश्रा, सुमन ठाकुर सुमन्त कर्ण, मनिष यादव सहितका युवाहरुको समूहले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।
त्यस्तै यस संस्थाले प्रदेश १को मोरङ, बागमतीको ललितपुर, गण्डकीको कास्की , लुम्बिनीको दाङ , कर्णालीको सुर्खेत र सुदूर पश्चिमको कैलालीमा समेत स्वास्थ्य सामाग्री ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ ।
Discussion about this post