काठमाडौँ, १३ जेठ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कैलाली निवासी तथा कांग्रेसका महासमिति सदस्य उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत समाजसेवी, असल, बौद्धिक एवं शालीन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।