जनकपुरधाम,जेष्ठ १४ गते
लगातार दुई दिन देखी झिमझिमे वर्षाका कारण सडक तथा नालाहरु डुवानमा परेका छन् । वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका भित्रका अधिंकांस सडक नालाहरु डुवानमा परेको हो । जनकपुरधाम उपमहागरपालिकाले कुने वास्ता गरेका छैन । छनिक वर्षाका कारण जनकपुरधाम वडा नम्बर ११ को अधिंकास गल्लीको सडक र नालाहरुमा पानी जमेका हुन । अहिले ११ नम्बर वडामा नालाको पानी सडकमा नै आएकोले डुवानमा परेकोले वडाबासी र सर्वसाधारणलाई आवत जावत समस्या भइरहेका छन् । नाला र सडकको पानी कतिको घरमा समेत छिरिसकेको हो । नालाको पानी सडकमा आएता पनि वडा अध्यक्ष रामचन्द्र साहलाई कुनै मतलब नरहेको स्थानीयको आरोप छ ।वडा अध्यक्ष यसलाई व्यवस्थापन गर्नुको सट्टा लापरवाही गरिरहेका छन । स्थानीय एवम् वडा सदस्य संतोष कुमार साहले वडा अध्यक्ष रामचन्द्र साहले वडाबासीलाई समस्या भोगिरहेता पनि कुनै वास्ता नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साह संग मिलेर कमिसनको लोभमा आफनो काम मात्र गरिरहेको आरोप लगाए ।
उनलाई वडा सदस्यहरु संग सल्लाह गर्नु भन्दा मेयर भए पुग्ने रहेछ साहले बताए । यतिकै वर्षाले घर घरमा पानी पसिरहेको छ तर पनि वडा अध्यक्षलाई कुनै परवाह छैन, उनले भने ।यो समस्या अधिकांश वडाको छ । जनकपुरधामको मुख्य बजार क्षेत्र बाहेक ग्रामिन वडाहरुमा त हिन्न सक्ने अवस्था छैन । दुई आार्थिक वर्ष देखि कोरोना काल पनि जारी छ । स्थानिय सरकारले न त कोरोना नियन्त्रण मै राम्रो काम गर्न सकेको छ न त ढल निकास र सफाईमा नै । वडा सदस्य साह भन्छन, ‘गत र जारी आर्थिक दुई वर्षमा उपहानगरपालिकाले के गरयो ?’ हामी आफैलाई थाहा छैन ।
’यता स्थानीयहरु वडा अध्यक्ष साह कमिसनको लोभमा वडा भन्दा बढि समय मेयर संग नै विताउछन् । विहाने देखी नगरपालिका पुगी मेयरको प्रतिक्षामा बसिरहेको हुन्छ । धेरै जसो वडा अध्यक्षहरुले आफनो वडामा रामै विकास गरे तर यी ११ नं वडाका वडा अध्यक्ष साहले कुनै पनि राम्रो नगरेकोस्थानीयहरुले बताएका छन् । वडा अध्यक्ष साह मेयरको पछलग्गु जस्तै हो स्थानीयले भनाइ छ ।