जनकपुरधाम, जेष्ठ १७ गते
गायक तथा संगीतकार प्रवेश मल्लिकको “बेकल भेला जियरा” मैथिली गीत सार्वजानिक भएको छ । प्रवेश मल्लिक प्रोडक्सन् द्धारा निर्माण गरिएको “बेकल भेला जियरा” मैथिली गीत आज युटुव मार्फत सार्वजानिक भएको हो । विश्व महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण आज युटुव मार्फत सो गीत सार्वजानिक गरेको छ ।उक्त गीतमा प्रवेश मल्लिकको संगीत छ भने आरुषी मुदगलले अभिनय गरेका छिन ।
गीतमा स्वर प्रवेश मल्लिक र निहारिका मल्लिकको हो । उक्त मैथिली गीतको सिनेमाटोग्राफी सावनी मुदगल र भिडियो इडिटिङ्ग अरुण साहले गरेका छन। प्रोडयुसर रिता कर्ण र सुनिल मल्लिक छन। सो “बेकल भेला जियरा” मैथिली गीत ४ मिनेट २६ सेकेन्डको रहेको छ ।प्रवेश मल्लिकको माँ,उडे रंग अबिर गुलाल,झिंगुर,परदेशिया लगायतका दर्जनौ मैथिली गीत सार्वजानिक भइसको छ ।