जनकपुरधाम, जेठ २० गते ।
जनकपुरधामस्थित जानकी चोकमा रहेको सामुदायिक जानकी प्रहरी चौकीको भवन निर्माणको कार्य अर्थ अभावका कारण ठप्प भएको छ । मिथिला सेवा समिति जनकपुरधाम र समाजबाटै सहयोग संकलन गरेर शुरु गरिएको प्रहरी चौकीको भवन निर्माण कार्य अर्थ अभावकै कारण ठप्प गर्नु परेको हो ।
निषेधाज्ञाका कारणपनि भवन निर्माण कार्य ठप्प गर्नुपरेको भवन निर्माण समितिका संयोजक महेन्द्र साहले बताए । प्रहरी चौकीमा प्रहरीहरुलाई जिर्ण घरमा वास वस्नु पर्ने अवस्थालाई ध्यानमा राखेर मिथिला सेवा समिति र समाजबाटै सहयोग संकलन गरेर भवन निर्माण कार्य गरिएको उनले बताए । उनका अनुसार भवन निर्माण कार्यको ९० प्रतिशत सम्पन्न भई सकेको र १० प्रतिशत बाँकी काम निषेधाज्ञा खुलेपछि मात्रै समाजबाट सहयोग लिएर पूरा गरिने छ ।
भवन निर्माणमा अहिलेसम्म ३० लाखभन्दा बढी खर्च भई सकेको र १० लाख रुपैयाँ अझै खर्च लाग्ने अनुमान गरिएको छ ।