जनकपुुरधाम, असार १ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सात दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् ।
पतञ्जली योग समिति प्रदेश २ ले आयोजना गरेको सात दिवसीय योग शिवरको प्रमुख अतिथि मुख्यमन्त्री राउतले आफ्नै निवासबाट भर्चुअल प्रविधि मार्फत शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिलेको व्यस्त जीवनमा आफु स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताए । योगलाई जनजनमा पुर्याउन बाबा रामदेवले खेलेको भूमिका एवं विश्वस्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्दै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सिमित योगलाई ग्रामीण क्षेत्र सम्म पुर्याउनुपर्नेमा जोड दिए ।
उद्घाटन समारोहमा प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वागत मन्तव्य राखेका थिए ।
पतञ्जली योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।
शिविरमा योगको सञ्चालन समितिका केन्द्रिय प्रभारी लव देव गुरुले गरेका थिए । अन्तर्राष्ट्रिय योग दिवस असार ७ गते विश्वव्यापीरुपमा मनाइने गरिन्छ ।