जनकपुरधाम , असार ४ गते
केहिदिन यता विभिन्न स्थानमा बाढीपहिरोका घटना हुन थालेका छन । जनकपुरधाम सहित तराई का जिल्ला हरुमा हावाहुरी सहित चट्याङ लागने बादल गर्जिने र पहिराे अाउने सहित अहिले पनि भारी वर्षा हुँदै धनजनकाे क्षति हुँदै अाएकाे छ । मौसम पुर्वाअनुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केहि ठाउँमा अति भारी बर्षा हुने अनुमान सार्वजनिक गतिसकेका परिपेकक्षमा जनप्रतिनिधिहरुले अाफाेनाे भुमिका निर्वाह गर्ने हरुले अहिले पूर्वतयारी खाशै केही गरिएका छैनन् ? मात्र सता र भतामा लिप्त भएका छन् ? प्रत्येक वर्ष तराई मधेसमा बाढीले धनजनको ठुलाे क्षति देखि लिएर बाटाे अबरुद्ध र जनतालाई कष्ट हुने विभिन्न घटनामा संबंधित सट्कहोलडरले समयमै ध्यानाकर्षण हुनुपर्नेमा स्थानीय बुधिजिवीहरुले धारणा राख्छन् । कोरोनाको महामारीले नागरिक त्यसै पनि आजित छन् । सरकारी सेवा प्रवाह नहुने घामजत्तिकै छर्लंग छन् । यस्तो जस्तोसुकै विपत्तिमा पनि नागरिक आफैँ सामना गर्न बाध्य छन् । राज्यको तर्फबाट केही हुँदैन । सरकार केवल मूकदर्शक हुन्छ ।
नागरिकको जिउधन जोगाउन सरकार, राजनीतिक दल, नागरिक समाज सबै एकजुट हुनु यतिखेरको आवश्यकता हो । उपयुक्त बाढीको पूर्वानुमान र सूचना प्रणाली जनस्तरसम्म पुर्याउन राज्यका सबै संयन्त्र परिचालन गर्न जरुरी छ । सजगताले पनि क्षति कम तुल्याउँछ ।
Discussion about this post