जनकपुरधाम, असाढ ९ गते
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवले युवाहरुलाई सही बाटोमा डोर्याउनका लागि खेलकुदको विकास आवश्यक रहेको बताएका छन् ।
ओल्मिपिक डे को अवसरमा स्पोर्टस् फोर अल कमिशनले आयोजना गरेको वक्तृत्त्वकला, हाजिरी जवाफ, नृत्य तथा चित्रकला प्रतियोगिताको प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री यादवले युवाहरु कुलतमा फसिरहेको समयमा खेलकुदको विकास तर्फ ध्यान दिनु आवश्यक रहेको बताए । मन्त्री यादवले अहिले पनि युवाहरु लागु औषधमा लागेको बताउँदै सीमापारी दैनिक रुपमा युवाहरु जाने गरेकोले यस कार्यलाई न्यूनिकरणका लागी स्थानीय प्रशासन ध्यान दिन आग्रह गरेका छन् । उनले यस्ता गलतकार्यलाई न्यूनिकरणका लागी प्रदेश सरकार समेत गम्भीर रहेको बताए ।
मुलुकमा समृद्धि तथा व्यक्तिको विकासका लागी सबै स्वास्थ्य हुनु जरुरी रहेको बताउँदै उनले म आफै दैनिक खेल खेल्दै आएकोले दिनको केही घण्टा खेल खेल्न सकेमा मात्रै स्वस्थ्य रहन सक्छौं बताए ।
उनले खेलकुदका साथै यस प्रकारको प्रतियोगिताको आयोजनले समेत विद्यार्थीहरुमा आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । मन्त्री यादवले मैथिली भाषा, संस्कृतिकला विकासको निम्ति विद्यार्थीहरुले देखाएको प्रतिभाबाट आफु प्रभावित भएको बताए । उनले लुकेको प्रतिभालाई उजागर गर्न विद्यार्थीहरु लाई आग्रह गरेका छन् ।
बजरंग प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतियोतामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । वकतृत्वकलामा संकट मोचन दे.रा.मा विद्यालयका प्रियम झा प्रथम, यज्ञवल्वभ ज्ञानकुप विद्यालयका सिमरन झा दोस्रो र संकट मोचन मा.वि का सुहानी महासेठ तेस्रो स्थान ल्याउन सफल भएका छन । त्यस्तै कवितामा यज्ञवल्वभ ज्ञानकुप मा.विका अभाश कर्ण प्रथम,संकट मोचन दे. रा.मा.विका सानु गामी दोस्रो र संकटमोचन मा.विका गुञ्जा साह तेस्रो स्थान हासिल गरेका छन् ।
चित्रकलामा संकट मोचन मा.विका मिली गुप्ता प्रथम,डोली गुप्ता दोस्रो र सकल भवन कन्या मा.विका सलोनी महासेठले तेस्रो स्थान ल्याएका हुन । नृत्य तर्फ संकट मोचन मा.विका कृति यादव – सन्नी प्रथम,आरती चोधरी– विक्रम दोस्रो र सिमरन साह–विकाश साह तेस्रो स्थान ल्याउन सफल भएका छन् । हाजिरी जवाफमा संकट मोचन मा.विका अमन पाठक–स्नेहा साह प्रथम,मनिष यादव–नेहा यादव दोस्रो र तिरलोक अधिकारी–लक्ष्मी झा प्रतियोगीतामा तेस्रो स्थान ल्याएका हुन । प्रतियोगीतामा विजेता भएका विद्यार्थीहरुलाई मन्त्री यादवले पुरस्कार प्रदान गरेको हो ।
उक्त कार्यक्रममा मन्त्री यादवका स्वकीय सचिब धिरेन्द्र मोहन झा,मानवेन्द्र निधि,धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला ,धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाट, संकट मोचन मा.वि विद्यालयका प्रअ बलराम साह, नेपाली कांग्रेसका जिल्ला उपसभापति संतोष यादव,मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, नेपाली कांग्रेसका युवा नेता पंकज महतो, वडा नम्बर ५का वडा अध्यक्ष मनोज साह,विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश प्रसाद साह लगायत विद्यालयका शिक्षक,शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।