बिरगंज, असार १० बिहिवार
अनिल शाह
कोरोना संकटको कारण दैनिक ज्यालादारीमा काम गर्ने बिपन्न परिवारलाई समस्या भएपछि बिरगंजका स्थानीय सहयोगी मनहरुले नि:शुल्क भोजन अभियानलाई निरन्तरता दिदै आइरहेका छन ।
रेल्वे कटेज द्वारा जारी बिपन्नलाई निशुल्क भोजन अभियान “फीड फर नीडी” ले आज पचास दिन पूरा गरेको छ। कोरोना महामारीले गर्दा जारी निषेधाज्ञाले वीरगन्ज आसपासका क्षेत्रमा प्रभावित अति बिपन्न, अस्पतालमा उपचाररत बिरामिका कुरुवा तथा सडक मानवलाई बिगत पचास दिन देखी नि:शुल्क भोजन गराउदै आएको अभियानका संरक्षक समाजिक अभियानता ओमप्रकाश सरार्फले बताए । अभियान अन्तर्गत अहिले सम्म करिब १६५०० प्याकेट खाना तथा सन्क्रमितहरुलाई फलफूल बितरण गरिएको छ । अभियानमा स्वयंसेवकको रुपमा सहयोगी हातहरुमा संजय पटेल, शिवम पटेल, सागर सरार्फ, मोहमद अरसद,किसु सरार्फ, सन्दिप नेपाल ,राकेश कुमार लगायतकाले सेवा गर्दै आएका छन ।
Discussion about this post