जनकपुरधाम,असाढ ११ गते
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा यतायात मन्त्री राम सरोज यादवले पर्यटन प्रवद्र्धनका लागी धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।
प्रदेश २ मा नेपाली कांग्रेसबाट मन्त्री भएकाहरुको जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले पर्यटन प्रवद्र्धनको विकासका लागि प्रदेश २ मा रहेका विभिन्न धार्मिक, सांस्कृतिक सम्दाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए । प्रदेश २को विकास कृषि र धार्मिक पर्यटनको विकास संग जोडिएकोले धार्मिक तथा एतिहासिक स्थलहरुको संरक्षण संगै प्रचार प्रसार हुनु आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री यादवले धार्मिक सांस्कृति सम्पदाहरुको संरक्षण सम्वद्र्धनसंगै साना उद्योगीको विकास हुनु अवश्यक रहेको बताए । प्रदेश नं २ मा विभिन्न जातजाती हस्तकलाको मार्फत निर्माण गरिएको सामग्रीको उचित प्रवद्र्धन हुन सकेका छैन । ती साना उद्यागीहरुलाई स्कील दिएर अगाडी बढाउनु तर्फ प्रदेस सरकार गम्भीर रहेको बताए । शुक्रबार एक कार्यक्रमका बिच संघका अध्यक्ष जितेन्द्र महासेठ लगायतका पदाधिकारीहरुले मन्त्रीत्रयलाई संघमा सम्मान र स्वागत गरेका हुन् ।कांग्रेसबाट केहि साता अगाडी मात्रै नेता राम सरोज यादव, ओमप्रकाश शर्मा तथा विरेन्द्र प्रसाद सिंह मन्त्री बनेका थिए ।
उनीहरुलाई क्रमशः भौतीक पुर्वाधार, खानेपानी उर्जा तथा महिला युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी दिइएको थियो ।संघका पुर्व अध्यक्ष तथा महासंघका पुर्व केन्द्रिय सदस्य निर्मल चौधरी सहित वर्तमान संघका पदाधिकारहरुले मन्त्रीत्रयको स्वागत र सम्मान गरेका थिए । खानेपानी मन्त्री शर्मा आफै पनि बिरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हुन । कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रमेश साह, निर्मल चौधरी, ललित साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी मन्त्री यादवका स्वकीय सचिब धिरेन्द्र मोहन झा,मानवेन्द्र निधि खानेपानी तथा उर्जा मन्त्रीका स्वकीय सचिब सुजित मिश्र, वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, महासचिब मनोज साह, नेपाली कांग्रेसका नगर सभापती मनोज साह,युवा नेता पंकज महतो लगायतका सहभागी थिए ।
Discussion about this post