• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

विवादका कारण हुलाकी सडक निर्माण प्रभावित

Author Avatar न्युज डेस्क 29th June 2021 , 3:24 PM
विवादका कारण हुलाकी सडक निर्माण प्रभावित

लहान, असार १५ गते
पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ । बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चौकदेखि पश्चिमबीचको करिब ३०० मिटर सडक निर्माण अवरुद्ध भएको हो ।बोदे बर्साइन नगरपालिका–५ बजारको उक्त सडकमा कब्रिस्तानको पर्खाल परेपछि सो पर्खाल भत्काउन नमानेका कारण निर्माण काम अवरुद्ध भएको जनाइएको छ । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयवासीको भनाइ छ । कब्रिस्तानको करिब डेढ मिटर पर्खाल सडकको मापदण्डमा पर्ने भएकाले पर्खाल भत्काउन नमान्दा त्यस खण्डमा निर्माण काम शुरु नभएको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि कमलप्रसाद यादवले जानकारी दिए ।

जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको भन्दै उनले जग्गा अधिग्रहण गर्न नगरपालिका र वडा कार्यालयले पहल नगरेका कारण समस्या यथावत रहेको बताए । जग्गा अधिग्रहण भई निर्माणको वातावरण बनेमा निर्माणकार्य सकिएर जाने उनको कथन छ । सो सम्बन्धमा नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जग्गा प्राप्तिका लागि पटकपटक पहल गरे पनि कब्रिस्तानका मानिसले नमानेको बताए । उक्त जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उहाँको कथन छ । रौता श्रेष्ठ डिवा जेभी रातोपुलले २०७७ असार २९ गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७४ पुस १४ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि छ महिना म्याद थप गरिएको छ । थपिएको म्याद २०७७ पुस २८ गते सकिएको छ ।

पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब १८ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि यादवले जानकारी दिए। उनका अनुसार बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको छ । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति