Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

देशभर २७ प्रतिशत धान रोपाइँ

देशभर २७ प्रतिशत धान रोपाइँ

काठमाडौं, असार १५ गते
धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिनुभयो । 

प्रमुख श्रेष्ठका अनुसार प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र  धानबाली रोपाइँ सकिएको छ । वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In