जनकपुरधाम,असार १८ गते
लागु पदार्थ २७ किलो गाजा सहित एक जनालाई धनुषा प्रहरी पक्राउ गरेको छ ।
धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्थाबाट प्रहरीले २७ किलो गाजासहित एक जनालाई पक्राउ गरेको हो ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकमा प्र.ना.निको कमाण्डमा खटिएका टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ का ३५ वर्षिय संतोष महासेठलाई पक्राउ गरेको छ ।
आफ्नै घरमा लुकाई राखेको २७ किलो लागु पदार्थ गाजासहित महासेठलाई आज राती ८ बजेको समयमा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको हो । पक्राउ परेका महासेठलाई धनुषा प्रहरी कार्यालयमा राखी आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post