
जनकपुरधाम , असार २० गते
इन्द्रभुषण यादव
सिरहा – धनुषा जाेड्ने हुलाकी सडक अन्तरगत कमला नदीकाे पुल बिगत १० बर्ष देखी निर्माणाधीन पुल यही २०७८ असार १७ गते कमला नदिमा आएको बाढीले भासिएको कमला पुलको पुनःनिर्माण कार्य प्रारम्भ गर्न कमला जलाधार संरक्षण अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।कमला जलाधार संरक्षण अभियानका अध्यक्ष विक्रम यादव र सचिव विनोद महराको नेतृत्वमा पुगेका टोलीले आईतवार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका हुन् । पुल निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीहरु पप्पु–लुम्बिनी जेभीलाई कानूनी दायरामा ल्याउन पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
हुलाकी राजमार्ग खण्डकाे कमला पुल भासिए पछि घटनाकाे छानबिन गरी दाेषीलाई कारबाहीको माग गर्दै अाज असार 20 गते अाइतवार प्रजिअ मार्फत प्रधानमन्त्री ध्यानाकर्षण पत्र बुझाएको छ । छानवीन गरि दाेषीलाई कारबाही गर्नुपर्ने र कमसल निर्माण गरी भ्रष्टाचार गर्न पाइँदैन , कमला पुल यथाशीघ्र निर्माण हुनुपर्छ बन्दै अाज ज्ञापनपत्र बुझाएको छ ।
Discussion about this post