जनकपुरधाम, असार २२ गते
प्रदेश नं २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री राम सरोज यादवलाई स्वागत तथा सम्मान गरेको छ । मन्त्री यादवलाई व्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरले स्वागत तथा सम्मान गरेको हो । मंगलवार मन्त्री यादवलाई व्याहुत सेवा समितिको कार्यकक्षमा पदाधिकारी तथा समाजका अगुवाहरुले सम्मान गरेका छन् ।शम्भू प्रसाद साहको अध्यक्षतामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा व्याहुत समाजका अगुवा राम गोविन्द साह, मैथिली विकास कोषका अध्यक्ष जविनाथ चौधरी,जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष श्याम प्रसाद साह,वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह,राम युवा कमिटीका पुर्व वरिष्ठ निर्देशक दिपक साह, तरुण धनुषा धनुषाका उपसभापति एवम् युवा नेता राकेश विक्रम साह, मन्त्री यादवका स्वकीय सचिब धिरेन्द्र मोहन झा लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post