जनकपुरधाम, असार २७ गते
सामाजिक धार्मिक,.सांस्कृति तथा खेलकुदको क्षेत्रमा कार्य गर्दै आइरहेको श्री राम युवा कमिटीको साधारणसभामा हस्तक्षेप भएको छ । कमिटीले आयोजना गरको धनुषाको धनुषाधाम स्थित ६९ओं साधारणसभामा कारवाहीमा परेका सदस्यहरु तर नेकपा एमालेका कार्यकर्ताले सभामा हस्तक्षेप गरेको हो । कमिटीका वर्तमान अध्यक्ष उपेन्द्र ठाकुरले आफ्ना कार्यकालमा निकै नै काम गरेको प्रशंसा भइरहेको बेला असफल सावित गर्न कारवाहीमा परेका सदस्यहरु र पार्टीका कार्यकर्तालाई प्रयोग गरी सभा हुन नदिन बताएका हुन । अध्यक्ष ठाकुरको कार्यकालमा कमिटीको निकै ने विकास भएको सदस्यहरु बताउँछन् । विकास भएकोले कतिपयले अध्यक्ष ठाकुरलाई कुनै पनि हालतमा असफल बनाउन विरोध समेत गर्दै आइरहेका कमिटीका सदस्यहरु बताएका छन् ।
कमिटीको ६९ औं साधारणसभा शान्तिपूर्ण रुपमा चलिरहेको बेला कारवाही परेका सदस्यहरुले विवाद उत्पन्न गरिएको थियो ।
कमिटीको विद्यान विपरित कार्य गरेको भन्दै कमिटीका पुर्व महासचिब पंकज कुमार आजाद, कोषाध्यक्ष राम प्रताप साह(सुडी) र पुर्व उपाध्यक्ष परमेश्वर साहलाई कमिटीले कारवाही गरि सकेको हो । कमिटीको २०४७(संसोधन २०७४) को परिच्छेद ३ को धारा ९ को उपधारा २ ग देहाय ‘ग’ बमोजिम ३ नै जनालाई कारवाही गरिएको कमिटीका एक पदाधिकारीले बताए । कोषाध्यक्ष पदमा निर्वाचित राम प्रताप साह(सुडि) संस्थाका विधान विपरित कार्य गरेकोले निकालिएका हुन । सो कोषाध्यक्ष पदमा सर्वसम्मतीले विष्णु साहलाई जिम्मेबारी लगाए ।कारवाहीमा परेकाहरु कमिटीको निर्वाचनमा पाराजित भएपछि अध्यक्ष ठाकुरको विरोध र विकासको काममा समेत अवरोध गर्दै आइरहको अध्यक्ष ठाकुरले बताए ।
https://www.facebook.com/100015838711555/videos/pcb.1010006606203954/804091536960067
शनिवार उपेन्द्र ठाकुरको अध्यक्षतामा आयोजित ६९ ओं साधारणसभा कुनै पनि हालतमा सफल हुन नदिन बाहिरका व्यक्तिहरुलाई प्रयोग गरिएको थियो ।सचिब दिनेश सिंहले साधारसभा स्थलमा नै दर्जनौ युवाहरुलाई बोलाएर सोहि स्थानमा पिकनिक गर्न लागाएको देखिएको थियो । कमिटीको आन्तरिक मामिलामा सचिब सिंहका युवाहरुले समेत सभामा हस्तक्षेप गरेको प्रष्ट देखिएको थियो । सचिब सिंहका युवाहरुले सभामा घमसाघम्सी गरेको भिडियो समेत अधिकांसले आफनो मोबाइलमा सुरक्षित राखेका छन् । सचिब सिंहले बाहिरबाट बोलाएका युवाहरु सबै एमाले पार्टी संग आवद्ध छन्। कमिटीको मामिलामा पार्टीका कार्यकर्तालाई बोलाउनु प्रतिष्ठित संस्थाको सभामा हस्तक्षेप गरिनु कतिको उचित हो ।
कारवाहीमा परेका पुर्व महासचिब आजादले माइन्यूट च्यातन खोजेको थिए । पुर्व महासचिबले म्यानूट च्यात्नु प्रयासमा असफल भए । संस्थाको गरिमा संग महासचिब आजादले खेलवाड गरेको र अतिथिहरुलाई समेत अपमान गरेको सदस्यहरु बताउँछन् । महासचिब आजादले सभामा गलत क्रियाकलाप गरेकोले सदस्यहरुले समयमै सभाबाट निकालि दिए । कारवाहीमा परेका व्यक्ति र अध्यक्ष उपेन्द्र ठाकुर लगायतका पदाधिकारीहरु बीच घमसाघम्सी समेत भएको हो । धम्साघम्सी र विवाद हुन थालेपछि कमिटीको साधारणसभा कमिटीकै हँलमा सभा गर्न सबै निर्णय गरियो । तर पनि केही कारणबस कमिटीको साधारणसभा सफल हुन सकेन । विवाद देखिएकोले सम्पूर्ण जिम्मा कमिटीका वरिष्ठ निर्देशक शम्भू प्रसाद साहलाई जिम्मा लागाएको हो । कमिटीले२८ गते सम्पुर्ण जिम्मेवारी निर्देशक पक्षलाई दिने निर्णय गरेको हो । कारवाही सम्बन्धमा २९ गते निर्देशक समिति र कार्यसमितिको पदाधिकारीबीच छलफल पश्चात निर्णय गरिने जनाएको हो ।सभामा १५० भन्दा बढिको उपस्थिति रहेको थियो ।