
केशव प्रशाद उपाध्या
जनकपुरधाम, २७ असार । प्रजनन स्वास्थ्य र अधिकार :हामी सबैको सरोकार नाराका साथ एक कार्यक्रमको आयोजना गरि जनसंख्या दिवसमा मनाइएका छन ।विश्व जनसंख्या दिवस हरेक वर्ष ११ जुलाईमा मनाईने गर्दछ। विश्वभरि बढ्दो जनसंख्याको बारेमा मानिसहरूलाई वैज्ञानिक बिशलेसन फयाकट र तथ्यका अधारमा सचेत गराउन जरुरी देखिन्छ। जनसंख्या दिवस मनाउनुपर्ने उद्देश्य संसारका प्रत्येक व्यक्तिले बिश्वको बढ्दो जनसंख्या जसको प्रभाव र असरलाई ध्यान राख्नुपर्दछ र जनसंख्याको वृद्धि रोक्न आवस्यक भूमिका खेल्नुपर्दछ। बढ्दो जनसंख्याले विश्वका धेरै देशहरूको अगाडि ठूलो समस्याको रूपमा देखाएको छ। जनसंख्या विस्फोट गम्भीर चिन्ताको विषय हो, विशेष गरी विकासशील देशहरूमा प्रत्यक्ष असर परिरहेको छ। यस दिन मानिसहरूलाई परिवार नियोजन, लैंगिक समानता, मानव अधिकार र मातृ स्वास्थ्य सम्बन्धि उत्प्रेरणा दिईन्छ।
प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले प्रमुख आतिथ्य मन्तव्य राख्दै वर्तमान अवस्थामा बढ्दो जनसंख्यालाई कसरी वैज्ञानिक व्यवस्थापन गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्टूसंघीय जनसंख्या कोष र महिला सशक्तिकरण अभियानद्वारा जनकपुरधाममा आईतवार आयोजित ‘जनसंख्या दिवस’को अवसरमा उपाध्यक्ष झाले नेपालमा २१ औं शताब्दी अनुसार मानिसको सोचमा परिवर्तन आएको छैन । परिवर्तन भनेको विकास मात्र बुझ्न्छन् । तर जबसम्म मानव संसाधनको विकास हुँदैन, जनसंख्यालाई व्यवस्थापन गर्न नसकने बताएका छन् । उनले विश्वको सबभन्दा बढी जनसंख्या चीनमा रहेछ, तर त्यहाँको जनसंख्या व्यवस्थित रहेको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जनसंख्या दिवसको अवसरमा प्रदेश २ का स्वस्थ्य निर्देशनालयका डा.विजय झाले यस प्रदेशमा ६ प्रतिशत भूमिमा २१करिब ५० लाख जनसंख्या रहेको छ । तर व्यवस्थापन पक्ष कमजोर भएको कारण अल्पायुमा मृत्यु हुने गरेको कतिपय तथ्यांक समेत प्रस्तुत गरेका छन् । उनले अहिलेपनि यस प्रदेशमा केटीको उमेर १६ र केटाको उमेर २० वर्ष नपुग्दै विहे गरिदिन्छ, स्वस्थ्य भोजन नगर्नुको अभाव देखिन्छ । शिक्षा र जनचेतनामा पहुँच हुँदैन । यही कारण हो कि जनसंख्या धेरै भएपनि व्यवस्थापन पक्षमा कमी देखिएको बताएका छन् ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी झाले जनचेतनाको अभावको कारण अधिकांश व्यक्ति शिक्षा र स्वस्थ्यमा ध्यान नदिई भौतिक निर्माण कार्यमा मात्र ध्यान दिने गरेको बताएकी छन् । उनले भनिन ‘उपमहानगरपालिकामा निर्माण कार्यका लागि दिनभरि मानिसको लाइन लागेको हुन्छ, तर अहिलेसम्म एउटा पनि शिक्षा र स्वस्थ्यको विषयलाई लिएर उजुरी दिएको छैन ।’
सचेत अभिभावक राम्रो पढाई हुनुमा अहम् भुमिका रहेका हुनाले समय समयमा समबन्धित निकाय लाई घचघचयाउन सक्नुपर्नेमा जोड दिइन।कार्यक्रममा संयुक्त राष्टूसंघीय जनसंख्या कोषका नरेन्द्र मिश्रले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम संचालन जिवण पुडासैनीले गरेका थिए ।