जनकपुरधाम, असार २८ गते
धनुषा क्षेत्र नम्बर ३ का सांसद् राजेन्द्र महतोको संसदीय कोषबाट घडी जडान गरिएको छ । सांसद महतोको संसदीय कोषबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ राम चौकमा रहेको श्री राम टावरमा घडी जडान गरिएको हो । राजपाका वरिष्ठ नेता समेत रहेका महतोको संसदीय कोषबाट जडान गरिएको घडी संचालनमा आएको छ ।
श्रीराम टावरको व्यस्थापन र सौन्दर्यकरण गर्ने उद्देश्यले राजपाका वरिष्ठ नेता महतोको संसदीय कोषबाट घडी जडान गरिएको श्रीराम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरले बताए । राजपाका युवा नेता मनोज चौधरी र मनिष चोधरीको प्रयासमा उक्त घडी जडान गरिएको हो । जडान गरिएको घडीमा प्रत्येक घण्टामा संगीत बज्ने कमिटीका अध्यक्ष ठाकुरले बताए ।
Discussion about this post