जनकपुरधाम , असार ३० गते
कर्तव्य ज्यान मुद्दामा जन्मकैदकाे सजाय पाएका फरार प्रतिवादी ३४ वर्षपछि धनुषावाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा काे सवैला नगरपालिका वडा नम्बर २ वस्ने वर्ष ७० का विकरु यादव रहेको प्रहरी स्रोतले जानकारी दिएका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडौंले २७ चैत २०४३ मा यादवलाई जन्म कैद(२० र्वा ) फैसला सुनाएकाे थियो । तर हालसम्म फरार रहेको यादवलाई बुधबार दिउँसो धनुषाको अाैरही गाउँपालिका १ पाैडेश्वर स्थित खेतमा काम गरिरहेकाे बेला पक्राउ गरेको हाे । उनलाई जिल्ला अदालत धनुषामा हाजिर गारइएकाे छ । अदालतले जन्मकैद (२०) वर्ष का लागि झुमका कारागार पठाउने अादेश दिएकाे छ । उनलाई कारागार तर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् ।
Discussion about this post