
जनकपुरधाम, ३१ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धनुषाका किसानहरु निक्कै लाभान्वित भएको दावी गरेको छ ।
जनकपुरधाममा विहिवार प्रधानमन्त्री कृषि परियोजनाद्वारा आयोजित ‘ आ . ब . २०७७/२०७८ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई’ कार्यक्रममा परियोजनाका वरिष्ठ कृषि अधिकृत युगल किशोर तिवारीले यस परियोजनाबाट धान, तरकारी, माछा लगायतका किसानहरु लाभान्वित हुने भएको दावी गर्दै उत्कृष्ट किसानलाई उनुदान का साथै प्राविधिक उपकरणहरु समेत प्रदान गनेगरेका व्यक्त गरेका छन् । उनले माछा, धान, आँप, तरकारी दलहन÷तेलहन, दूध परियोजनाको प्रमुख प्राथमिकतामा रहेको बताएका छन ।वरिष्ठ अधिकृत तिवारीले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘ धनुषामा माछा सुपरजोन र धान जोनको कार्यक्रम औरही, जनकनन्दनी, कमला, विदेह, हँसपुर, शहीद जनकपुरधाम उपमहानगरपालिका, सबैला मिथिला बिहारी, धनौजी गाउँपालिका,लक्ष्मीनिया गाउँपालिका लगायतको पालिकाहरुमा रहेको छ ।’
धनुषामा परियोजनाको मत्स्य पोखरी निर्माणको लक्ष्य ७० हेक्टर रहेको र त्यसका लागि अनुदान रकम प्रति हेक्टर ३ लाख रहेको छ । यसबाट ५२ किसानहरु लाभान्वित भएको अधिकृत तिवारीले बताएका छन् । उनले यस परियोजनाको कारण माछा उत्पादनमा वृद्धि र किसानहरुमा आत्मनिर्भरतामा थप टेवा पुगेको दावी समेत गरेका छन् ।
माछा जोन समन्वय समिति धनुषाका संयोजक बौएलाल मुखियाको अध्यक्षतामा भएको सार्वजनिक कार्यक्रममा धनुषा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत, उपाध्यक्ष दीपक झा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा लगायतले आफ्नो मन्तव्य राखेका छन् । त्यसैगरी कार्यक्रममा उपस्थित किसान ,नगरीक समाज ,पत्रकार लगायतकाले आ आफ्ना जिज्ञासा समेत राखेका थिए ।