जनकपुरधाम,श्रावण २ गते
लागु औषधसहित एकजना पक्राउ परेको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २५ को संतोष कुमार यादवलाई लागु औषधसहित धनुषा प्रहरीले पक्राउ गरेको हो । यादवलाई जनकपुरधाम उपमहागरपालिका स्थित बारहविघाको पश्चिम तर्फको पर्खाल हुदै रामान्न चौक जाने क्रममा गोप्य सूचनाको आधारमा पक्राउ गरेको छ । विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकमा प्र.ना.निको कमाण्डमा खटिएका टोलीले यादवलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको हो । प्रहरीले यादवको साथबाट नाइट्रो भ्याट १५ सय पिस, चारमिनार मुनाका(भाग भएको चकलेटको २४ प्याकेट र ज.३.प २७७८ नम्बरको मोटर साइकल सहित पक्राउ परेका छन् । पक्राउ परेका यादवलाई धनुषा प्रहरी कार्यालयमा राखी आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।