जनकपुरधाम, श्रावण ९ गते
विद्यार्थीका लागी गुरु पुर्णिमा महत्वपूर्ण दिन हो । शनिवार असाढ सुक्लपक्षका दिन प्रत्येक वर्ष मनाउने गुरु पूर्णिमाको अवसरमा विद्यार्थीहरुले गुरुलाई सम्मान गरेका छन् ।
विद्यार्थीलाई शिक्षित गर्ने गुरुलाई आजको दिन विषेश रुपमा आफ्ना गुरुलाई सम्मान गर्ने गर्छन् । गुरु पुर्णिमा विषेश दिन भएकोले श्री संकट मोचन देवशरण रामरती माध्यमिक विद्यालय जनकपुरधाम २०६३ सालमा एस.एल.सी उतिर्ण गरेका विद्यार्थीहरुले विद्यालयमा नै गुरु पुर्णिमा मनाएका छन् । कोरोना कोभिड–१९को महामारीको मध्य नजर राख्दै गुरु पुर्णिमा विद्यार्थीहरुले मनाएको हो ।
गुरु पुर्णिमाको अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम पुर्व प्रधानाध्यापक अशेषवर साहको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई खादा, माला, मायाको चियो,अवीर र मिठाई जस्ता विभिन्न परिकारहरु खुवाएर गुरुलाई सम्मान गर्दै शुभकामना आदान प्रदान गरेका छन् । २०६३ सालमा एसएलसी उतिर्ण गरेका विद्यार्थीहरुले गुरु पुर्णिमाको अवसरमा आयोजना गरेको सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै विद्यालयका पुर्व प्रधानाध्यापक अशेषवर साहले विगतमा यस विद्यालयमा संस्कृत विषय पठन –पाठन हुन्थ्यो तर आज संस्कृत पढाई नहुन राज्य दोषी रहेको आरोप लगाए । उनले संस्कृत पठाई नभए भावी पुस्ताका लागी दुर्भाग्य रहेको दुखेसो पोखे ।
प्रधानाध्यापक साहले जीवनशैली हाम्रो संस्कृति हो भने संस्कृतिलाई विचार र व्यवाहरले पकाउने कर्म पद्धति हाम्रो संस्कार हो । संस्कृतिले पुस्तौं पुस्ताको जीवनलाई जोडने काम गरेको बताए ।
सामाजिक, सांस्कृतिक जीवन र धार्मिक राजनैतिक,आर्थिक जीवनका गतिविधि समेत संस्कृतिका अङ्गभित्र पर्दछन् उनले बताए । प्राचिन अर्वाचनी विधि र व्यवहारको संगम संस्कति नै हो । सेवा, त्याग र सदाचारका त्रिवेणी फुलेको संस्कृतिलाई आत्मसात् गरी हाम संस्कारहरु बनेका छन् भने यिनै संस्कृति र संस्कारको सेरोफेरोभित्र आधुनिक जीवनयात्रा अघि बढेको विचार व्यक्त गरे ।
आजको दिनका नेतिक शिक्षाको पठन– पाठन नहुनु राज्य मात्र होइन हामी पनि कते न कते दोषि रहेको बताए । आजको दिनमा नैतिक शिक्षा अति नै अवश्यक रहेको छ । प्रधानाध्यापक साहले नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसको माध्यमबाट असल व्यक्ति, असल समाज,र असल चरित्रको निर्माण गर्छ । उनले नैतिक शब्द आफैमा नीति+इक मिलेर बनेको शब्द हो जसको अर्थ नीतिहरुको पालना गर्नु हो ।
जब मानिसहरुबाट नीतिको पालना हुन्छ तब मात्र समाजमा सकारात्मक सोचको विकाश हुन्छ बताए । नागरिकहरुमा आफ्नो दायित्वको बोध हुदैं जान्छ र समाज सकारात्मक तरिकाबाट अगाडी बढदै व्यक्ति, अर्थात मानिसहरुमा सदाचार,विनम्रता, सद्भाव,प्रेमभाव,श्रद्धा, परोपकार जस्ता सकारात्मक पक्षले स्थान पाउने छन् भने विश्वास व्यक्त गरे । उनले भने वर्तमानको शिक्षा अवस्था हेर्ने हो भने जीवनको लागी होइन जीविकाको लागी जस्तै हो ।
विद्यालयका वर्तमान प्रधानाध्यापक बलराम साहको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले विद्यालयमा पहिलो पटक आयोजना गरी गुरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । यस कार्यलाई निरन्तरता दिए भने गुरु र विद्यार्थी प्रतिको सम्बन्धलाई अझै बलियो बनाउने छ भने विश्वास व्यक्त गरेका हुन । शिक्षक लिलाकान्त कर्णले आज यस ऐतिहासिक दिन गूरु पुर्णिमाका दिन गुरुलाई विद्यार्थीले सम्मान गर्ने नै शिक्षाको सम्मान हो । विद्यालयका अरुण लाल कर्णले विगतमा र वर्तमानमा विद्यालयले खेलेको भूमिका सराहनीय रहेको बताउँदैं अब भावी पुस्ताको निर्माण कसरी हुन्छ भने त्यस तर्फ सबैलाई ध्यान दिनुपर्ने अवश्यक रहेको बताए ।
पुर्व प्रधानाध्यापक केशवराज पौडेल,रामचन्द्र ठाकुर, शिक्षक सुशिल साह लगायतका शिक्षकहरुले शुभकामना मन्तव्य राखेका थिए । विद्यार्थीहरुबाट सतिष कर्ण, आशिष झा, अजित यादव, किरण मगर लगायतका शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य संदीप साह(संगम)ले स्वागत मन्तव्य राखेका हुन । उक्त कार्यक्रमा विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।उनले शिक्षकलाई केही चाहिन्न हाम्रो विद्यार्थी कसरी असल होस त्यो मात्र चाहना रहेको बताए ।
पुर्व प्रधानाध्यापक केशवराज पौडेल,रामचन्द्र ठाकुर, शिक्षक सुशिल साह लगायतका शिक्षकहरुले शुभकामना मन्तव्य राखेका थिए । विद्यार्थीहरुबाट सतिष कर्ण, आशिष झा, अजित यादव, किरण मगर लगायतका शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य संदीप साह(संगम)ले स्वागत मन्तव्य राखेका हुन । उक्त कार्यक्रमा विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । वर्षाे देखी यस विद्यालयमा पढाउँदैं आइरहेको शिक्षक, शिक्षिकालाई गुरु पुर्णिमाका दिन गुरुहरुको सम्मान पहिलो पटक भएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । सम्मान गर्ने विद्यार्थीहरुलाई विद्यालयका शिक्षकहरुले आशिर्वाद दिदैं प्रशंसा समेत गरेको हो ।
Discussion about this post