जनकपुरधाम,श्रावण ११ गते
जनकपुर उद्योग वाणिज्य संघको सदस्य र सल्लाहकार मनोनित गर्न लाखौंको चलखेल भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको बैठक पुर्व नै सदस्य र सल्लाकार मनोनित गर्नका लागी लाखोंको चलखेल भएको स्रोतले बताए ।
लाखोंको चलखेलमा पदाधिकारीहरुलाई चाप दिएर सदस्य र सल्लाहकार मनोनित गराएको स्रोतको भनाई छ ।
आइतवार जउवा संघको पदाधिकारीहरुको बसेको बैठकबाट ५ जना सदस्य र ५ जना सल्लाहकारलाई मनोनित गरेको हो ।मनोनित सदस्यमा धर्मेन्द्र साह,नन्दलाल साह, गुड्डु सिकारिया,रिंकु साह र सुरेन्द्र पासवान रहेको जउवा संघका महासचिब मनोज साहले जानकारी दिएका छन् । त्यस्तै सल्लाहकारहरुमा प्रमोद चौधरी, रामबाबु गुप्ता,रामबाबु साह,रवि साह र ध्रुवनारायण यादवलाई मनोनित गरेको महासचिब साहले जनाएको हो ।