जनकपुरधाम, श्रावण १४ गते
धनुषा क्षेत्र नं ३का सांसद् राजेन्द्र महतोको संसदीय कोषबाट श्रीराम टावरमा जडान गरिएको घडीको समुद्घाटन गरेका हुन । श्रीराम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरको अध्यक्षतामा आज सांसद महताले श्रीराम टावरमा घडी जडानको समुद्घाटन गरेको छ । समुद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै वरिष्ठ नेता महतोले ऐतिहासिक,धार्मिक स्थलहरुको विकास हुनु अवश्यक रहेको बताए ।
उनले सांस्कृति एवम् पर्यटकीय स्थलहरुको विकास तथा संरक्षण प्रवद्र्धन हुनुपर्नेमा जोड दिएका छन् । माता बौद्धी मन्दिर र माता राजदेवी मन्दिरको संरक्षण, प्रवद्र्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ४ राम चौक स्थित निर्मित टावरमा संसदीय कोषबाट जडान गरिएको घडीले आज सहि ठाउँमा सदुपयोग भएको सांसद महतोले खुशी व्यक्त गरे ।
समुद्घाटन पश्चात जसपाका वरिष्ठ नेता समेत रहेका महतोलाई सम्मान गरेको छ । जनकपुरधाम स्थित श्रीराम युवा कमिटीले आज सांसद महतोलाई सम्मान गरेको हो । श्रीराम टावरमा नेता महतोको संसदीय कोषबाट घडी जडान गरिएकोको नेता महतोको उच्च मुल्ङ्गाकन गर्दै कमिटी परिवारले सम्मान गरेका छन् ।
उक्त कार्यक्रममा प्रदेश नं २ का प्रदेश सांसद् परमेश्वर साह,जसपा नेता मनोज चौधरी,संजय सिंह,जसपाका जिल्ला अध्यक्ष प्रमोद यादव,संजय चौधरी, राजु चौधरी,विद्यार्थी नेता ज्ञानु झा,मनिष चौधरी श्रीराम युवा कमिटीका वरिष्ठ निर्देशक शम्भू साह,पुर्व अध्यक्ष लक्ष्मी साह,शम्भू साह,महासचिब सरोज साह लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post