जनकपुरधाम, श्रावण १४ गते
जनता समाजवादी पार्टी अहिले दुई चिरामा भएपछि धनुषा क्षेत्र नं ३ का प्रतिनिधिसभा सांसद् राजेन्द्र महतोले एकतालाई भंग गर्नेलाई मधेसी जनताले जवाफ दिने बताइएको छ । श्री महावीर युवा कमिटीले माता राजदेवी पार्क समुद्घाटन समारोहमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै सांसद महतोले नेता उपेन्द्र यादवले एकतालाई भंग गर्ने काम गरेको आरोप लगाए । पुर्व उप–प्रधान तथा शहरी विकास मन्त्री समेत रहेका नेता महतोले नेता यादवले एकतालाई भंग गरेर मधेशी जनतासंग अन्याय गरेको आरोप लगाएका हुन । जसपाका वरिष्ठ नेता समेत रहेका नेता महतोले मधेशको ताकतलाई समेत कमजोर गर्ने क्रियाकलाप गरेको आरोप लगाउँदैं मधेशी जनताले त्यस्तालाई समयमै सजाय दिने छ। उनले विगतमा नै एकतालाई तोड्न मधेशी जनताको शक्ति कमजोर गर्न प्रयास गरेको बताउँदै गलत गर्नेलाई पहिचान गरी सजाय दिनुपर्ने तर्क राखे । महावीर युवा कमिटीका संतोष कुमार साहको अध्यक्षता आयोजित समारोहमा वरिष्ठ नेता महतोले पार्टी फुटन सक्छ तर मधेशी जनता कदापी फुट्न सक्दैन भन्दै नेता यादवलाई चेतावनी दिएका छन् ।
तत्कालिन समाजवादी पार्टी फुटनै लाग्दा राजपासंग एकता गरेर बचाइयो संगठनहरु एक हुन वाँकी नै थियो त्यतिकैमा मेरा मित्रले हामी एक भएर नबस्ने भन्दै निवेदन दिनुभयो र निर्वाचन आयोगको निर्णय पनि छुट्टा छुट्टै बस भनेर आएपछि अव पुनः दुईवटा पार्टीहरु अलग अलग हुने महतोले बताए ।
एकता विरोधी र अंहकारीहरुलाई जनताले चिनेकाले जनताले नै सजाय दिने समेत उनले बताए ।जसपा बनेपनि दुई समुहका संगाठनिक एकता हुन वाँकी रहेकै बेला निर्वाचन आयोगले दुई समुहलाई पुनः अलग अलग बस्न भनेकाले दुःख र खुसी मनाउनुपर्ने कारण नभएको बताए ।
आज जे भइराखेछ त्यस्को समिक्षा समयमै ने हुन्छ भने ढुक्क बस्नुस् नेता महतोले भने। सांस्कृति एवम् पर्यटकीय स्थलहरुको विकास तथा संरक्षण प्रवद्र्धन हुनुपर्नेमा वरिष्ठ नेता मभहतोले जोड दिएका छन् । माता बौद्धी मन्दिर र माता राजदेवी मन्दिरको संरक्षण, प्रवद्र्धन गरी पर्यटकीय स्थलको रुपमा विकास गर्न आफु प्रतिवद्ध रहेको बताए । नेता महतोले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताउँदैं धार्मिकताको हिसावले पर्यटक तान्ने सम्भावना प्रवल रहेको विश्वास व्यक्त गरे । धार्मिक, पर्यटकीय स्थलहरुको विकास भएमा युवाहरुलाई राजगारी र यहाँका व्यवसाय फस्टाउने सम्भावना रहेको बताए । यस क्षेत्रको विकासमा सबैलाई जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा प्रदेश नं २ का प्रदेश सांसद परमेश्वर साह, जसपाका केन्द्रिय सदस्य मनोज चौधरी, संजय सिंह,संजय चौधरी,जिल्ला अध्यक्ष प्रमोद यादव,जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रामबाबु साह,वर्तमान अध्यक्ष जितेन्द्र महासेठ,जेसीजका पुर्व अध्यक्ष रामबाबु गुप्ता,राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर,महावीर युवा कमिटीका पुर्व अध्यक्ष सुनिल कुमार प्रसाद, विनोद चौधरी , विश्वनाथ साह, प्रमोद साह,जसपाका विद्यार्थी नेता मनिष चौधरी, वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह, ७ का जानकी राम साह, ३ का दिपेन्द्र साह,धनुषा चेम्बर्स अफ कमर्सका अध्यक्ष विजय साह लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।