डेली समाचारदाता
जनकपुरधाम, श्रावण १४ गते
जनकपुरधाम उप–महानगरपालिका ४का वडा अध्यक्ष सुदर्शन सिंहको मिथिला चित्रकला सिन्धुलीगढी युद्ध संङ्गाग्रहालयमा राखिएको छ । वडा अध्यक्ष सिंहले बनानएको मिथिला चित्रकला युद्ध संग्रहालयमा प्रदर्शनीका लागी राखिएको हो ।
सिन्धुलीगढी युद्ध संग्रहालयको प्रदर्शनीमा राख्नका मिथिला पेन्टिङ्ग उपलब्ध गराएकोमा वडा अध्यक्ष सिंहलाई सम्मान गरेको हो । नेपाल सरकारको नीति तथा कार्यक्रम समाविष्ट एकीकरण मार्ग कार्यक्रम अन्तर्गत संग्राहलयमा मिथिला पेन्टिङ्गग राख्नका लागी उपलब्ध गराएको वडा अध्यक्ष सिंहलाई उच्च मुल्ङ्गाकन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सम्मानपत्र प्रदान गरेको हो ।
बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वडा अध्यक्ष सिंहले सम्मानपत्र ग्रहण गरेका हुन । बुधवार राष्ट्रपचि विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् । सङ्गहालयमा मिथिला चित्रकला,युद्धकालीन अवस्थाका पात्र,सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आखाँमा युद्धको परिदृ।श्य,सिन्धुलीगढीका वृतचित्र,चरणवद्ध युद्धका चित्र,तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार।युद्धकानील हातहतियार,,अंग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा,नेपाली योद्धाका कलाचित्र,बेलायतीहरुको नाममा बनाउका स्तम्भ,युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा ऐतिहासिक पुस्तकालय राखिएको हो ।