जनकपुरधाम, श्रावण १६ गते
महावीर युवा कमिटीका वर्तमान ३ पदाधिकारीलाई चुनौती दिदैं विषेश साधारणसभा सुरु भएको छ । महावीरका अध्यक्ष संतोष साह, महासचिब रंजित भगत(राजा) र कोषाध्यक्ष रंजित साह(मैनेजर) लाई सदस्यहरु चुनोती दिदै विषेश साधारणसभा सुरु गरेको हो । कमिटीका अध्यक्ष, महासचिब र कोषाध्यक्षले प्राविधिक कारण कारण देखाउदैं शनिवार हुने कमिटीको ५३ ओं साधारणसभा स्थगित गरिएको शुक्रवार एक विज्ञप्ती जारी गरि जनाएको थियो । शनिवार हुने भनिएको ५३ ओं साधारणसभाका लागी शुक्रवार ४ बजे कार्यसमितिको बैठक बोलाएको थियो । तर अध्यक्ष, महासचिब र कोषाध्यक्षले बैठक नै गरी साधारणसभा स्थगित गरिएको हो । अध्यक्ष, महासचिब र कोषाध्यक्ष बाहेक सबै पदाधिकारीहरु बैठकमा उपस्थित भएपनि बैठकको विना कुनै कारणको कोरम र प्राविधिक कारण देखाएकोमा शंका तीनै पदाधिकारीहरु माथि शंका उत्पन्न हुन थालेका छन् ।
अन्य सदस्यहरुको अनुसार हर हिसाव मुख्य कारण भएकोले साधारणसभा स्थगित गरिएको हो । साधारणसभाको समय शुक्रवार हुने भनिएको बैठक भन्दा पहिलोको बैठकमा नै निर्णय भइसकेको छ । साधारणसभाका लागी २०७८ अषाढ २२ गते भएको पदाधिकारीको बैठकबाट नै श्रावण १६ गते साधारणसभा हुने निर्णय भइसकेको कमिटीका एक पदाधिकारीले बताए । अध्यक्ष, महासचिब र कोषाध्यक्षद्वारा हस्ताक्षर सहितको विज्ञप्ती शुक्रवार निकालेर साधारणसभा स्थगित गरिएको सबैमा जानकारी गराएको थियो ।
कुनै साधारणसभाका लागी कुनै कारण नभएकोले आज महावीरका उपाध्यक्ष संतोष साहको अध्यक्षतामा विषेश साधारणसभा सुरु गरिएको हो । आज उपाध्यक्षको अध्यक्षतामा गरिउको विषेश साधारणसभामा कमिटकिा पुर्व अध्यक्षहरु, पुर्व निर्देशकहरु लगायत सय भन्दा १५० जना भन्दा बढिको उपस्थिति रहेको थियो । कमिटीको आजको विषेश साधारणसभामा पुर्व अध्यक्ष विश्वनाथ साह, धर्मेन्द्र साह, विनोद चोधरी,, रोशन शेखर जयसवाल,प्रमोद साह,वरिष्ठ निर्देशक, गाणेश साह, बलराम साह लागतका उपस्थित रहेको थियो ।यता यस सम्बन्धमा अध्यक्ष संतोष साह र महासचिबलाई सम्पर्क गर्न खोज्दा मोवाइल स्वीच अफ राखिएको थियो । यसै विषेश साधारणसभाबाट अगामी नयाँ नेतृत्वका लागी हुने निर्वाचनको मिति तय गरिने कमिटीका भूपू अध्यक्ष, निर्देशक र सदस्यहरुले बताएका छन् ।