जनकपुरधाम,श्रावण १६ गते
महावीर युवा कमिटीको विषेश साधारणसभा सफलता पुर्वक सम्पन्न भएको छ । साधारणसभा सम्पन्न संगै महावीर युवा कमिटीको सम्पुर्ण पदाधिकारीको पद मुक्त भएको हो । आज महावीर युवा कमिटीको बसेको विषेश बैठकबाट पदाधिकारीहरुलाई पदमुक्त गरिएको हो भने एक महिना भित्र निर्वाचन गराउनु पर्ने सहमती भएको हो । महावीर युवा कमिटीको बसेको विषेश साधारणसभाबाट नयाँ नेतृत्वका लागी एक महिना भित्र निर्वाचन गराउनु पर्ने भएकोले आजकै दिनबाट तयारीमा जुटन थालेका छन्। आजको विषेश साधारणसभाबाट पुर्व अध्यक्ष र निर्देशकहरुलाई एक महिना भित्र निर्वाचन गराउनु पर्ने जिम्मेवारी दिएको महावीरका पुर्व अध्यक्ष धर्मेन्द्र साहले जानकारी दिएका छन् ।
आजको विषेश साधारणसभामा अध्यक्ष संतोष साह,महासचिब रंजित भगत(राजा) र कोषाध्यक्ष रंजित साह(मेनेजर) उपस्थित थिएन ।