जनकपुरधाम,श्रावण १९ गते
पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारवाही गर्न मांग गरेको छ । मंगलवार विश्व ् पुर्व प्रधानमन्त्री एवम् जनता समाजवादीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईलाई कारवाही गर्न विश्व हिन्दु परिषद् नेपालले मांग गरेको हो । हिन्दु विरोधी अभिव्यक्ति दिएकाचे भन्दै भट्टराईलाई कारवाहीको मांग गर्दै आज विश्व हिन्दु परिषद् नेपालले जिल्ला प्रशासन कार्यालय धनुषा र पर्सामा ज्ञापन पत्र बुझाएका छन् ।
भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको विरोधमा विश्व हिन्दु परिषद नेपाल भट्टराईलाई कडा भन्दा कडा कारवाहीको माँग गर्दै आन्दोलित समेत बनेको हो । बहुसंख्यक जनताहरुको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक साँस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्णी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूणर् रहेको ज्ञापनमा उल्लेख छ ।परिषदका जिल्ला अध्यक्ष सन्तोष साह, सचिव अमन गुप्ता र जिल्ला कार्य समिति मोहन साह प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र बुझाउँदै, हिन्दु आस्था संग खेलवाड गर्ने भट्टराईलाई कडा कारवाही नगरिए देशभरीनै आन्दोलन गर्ने चेतावनी दिए । परिषद्का जिल्ला अध्यक्ष सन्तोष साहले जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी रहेको आरोप समेत लगाए ।
भट्टराईले ट्विट्को विरोधमा देशभरी पुतला दहन हुदाँ समेत जसपा पार्टीले अनदेखा गर्नु नै हिन्दु विरोधी पार्टी रहेको प्रमाणित रहेको उनले बताए । उनले भने, भट्टराईले हिन्दु समाजसंग माफी समेत नमाग्नुले बहुसंख्यक हिन्दुहरुको भावनालाई लत्याएको र हिन्दु मतको अपमान गरेकोले जसपा हिन्दु विरोधी पार्टी नै रहेको हाम्रो ठहर छ । बहुसंख्यक हिन्दुहरु कै मत लिई अस्तित्वमा रहेको जसपाका डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पटक– पटक सनातन हिन्दुधर्म विरोधी वक्तत्व दिदै आएका छन, उनले भने, जसपाले ती नेताहरु विरुद्ध कुनै कारवाही नगुर्नले जनता समाजवादी पार्टीको राजनैतिक चरित्रमाथि नै शंका उत्पन्न भएको छ ।जसपा हिन्दु विरोधी पार्टी कै रुपमा प्रस्तुत भएको विश्व हिन्दु परिषद नेपाल लगायत धार्मिक संघ संगठन तथा समाजले महसुस गर्न थालेको छ। धर्म संस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दलको राजनैतिक अस्तित्व समेत समाप्त पार्न हिन्दु समाज एवं विश्व हिन्दु परिषद नेपाल लगायतका हिन्दु संगठनहरु पछि नपर्ने उनले बताएका छन् । नेपालको मौलिक धर्म संस्कृति विरुद्ध चौतर्फी आक्रमण भईरहको वर्तमान परिस्थितिमा हिन्दु समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौ भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ उनले भने, । हाम्रा विच संक्रिय रहेको असमाजिक हिन्दु विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न जसपा लगायतका सम्पूर्ण राजनैतिक दलहरुका नेता कार्यकर्ताहरुलाई परिषद नेपालले अपिल समेत गरेको छ ।
Discussion about this post