जनकपुरधाम, श्रावण २० गते
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर भएसंगै धमाधम प्रतिष्ठानहरु संचालनमा आउन थालेका छन् । प्रतिष्ठानहरु संचालमा आउने थालेपछि जनकपुरमा आज देखी एक होटेल संचालमा आएको हो । जनकपुरको बजार र पर्यटकहरुको मध्य नजर राख्दै जनकपुरमा होटल तथा फेमिली रेष्टुरेन्ट संचालमा आएको छ । बुधवारदेखी जनकपुरको जनकचोक स्थित होटल राज घराना एण्ड फेमिली रेष्टुरेन्ट संचालनमा आएको हो । दुई करोडको लागतमा होटेल व्यवसायी शंकर साहले सुविधा सम्पन्न होटेल एण्ड फेमिली रेष्टुरेन्ट संचालमा ल्याका हुन ।
आज होटेल व्यवसायी शंकर साहका बुवा र आमा संयुक्त रुपमा रिवन काटेर होटल शुभारम्भ गरेको हो । जनकपुर आउने पर्यटक र सबै पाहुनाहरुलाई खाना,नास्ता र उपयुक्त हुने खालका रुमहरु तयार गरिएको होटेल व्यवसायी शंकर साह जानकारी गराए । होटेलको कोठा बुक गरेर बस्दा खाजाको निःशुल्क व्यवस्था गरिएको व्यवसाथी साहले भने ।