जनकपुरधाम,श्रावण २१ गते
होण्डा कम्पनीको ग्रेजिया वीएस -6 मोडेलको स्कुटर जनकपुर बजारमा आइपुगेको छ ।
जनकपुरधाम उपमहानगरपालिका मुजेलिया स्थित होण्डा मोटर साइकल तथा स्कुटरको आधिकारिक विक्रेता मिथिला अटोपैलेशले आज देखी बजारमा ग्रेजिया वीएस 6 मोडेलको स्कुटर ल्याएको हो । आकर्षक र स्टाइलिस लुक भएको १२५ सीसीको नयाँ बीएस 6 मोडेलमा अन्य विशेषता थपिएको मिथिला अटोपैलेशका संचालक संतोष रोनियारले जानकारी गराए । १७१ ग्राउण्ड क्लियरेन्स भएको स्कुटरको स्पिडोमिटरमा माइलेज रहेको संचालक रौनियारले भने । साइड स्टेण्डमा इन्जिन बन्द हुने छ । जनकपुर बजारमा रातो, कालो, पहेलो र खयरो रंगको मिथिला अटोपैलेशमा ग्रेजिया वीएस 6 मोडेलको स्कुटर उपलब्ध रहेको संचालक रौनियारले जानकारी दिए । यस स्कुटरको मुल्य २ लाख ६९ हजार ९ सय रुपैया रहेको छ ।