जनकपुरधाम, श्रावण २२ गते
ऐतिहासिक, धार्मिक, सांस्कृतिक नगरी जनकपुरधाम विकासका अभिभारा बोकेका नगर प्रमुख लाल किशोर साह देखावटीमा मात्र सिमित भएको छ । नगरबासीले आशा र भरोसा गरेका नगर प्रमुख साह माथि तर त्यस अनुसार काम गर्न नसकेको जनकपुरबासी बताउँछन् । नगर प्रमुख साहले विकासको नारा दिएर ठुलो– ठुलो भाषण गर्ने बाहेक के ग¥यो जनकपुरबासी प्रश्न गर्न थालेका छन् । विकासको नाममा नगर प्रमुख र उनका आफन्तहरु लाखौं लाख कुमल्याउने गरेको समाचारहरु संचार माध्यममा आएकै हो । आज जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का स्थानीयहरु समस्यामा परेका छन् । वडा नम्बर ५ लाई स्मार्ट वाड बनाउने नगर प्रमुख साहले घोषना गरेको आज सो वाड नारामा मात्र सिमित बनेको छ । आज वडा नम्बर ५ मा कसैको घरमा विरामी परे वा कुनै दुर्घटना भए एम्बुलेन्स वा कुनै गाडी जाने अवस्था छैन । नगर प्रमुख साहले देखावटीको लागी मात्र बारम्बार सो वडामा जानेको गरेको छ । अहिले महिनो देखी नै सो वडा हिलोमय बनेको छ । हिलोमय बाटो भएपनि नगर प्रमुख साह र वडा अध्यक्ष मनोज साहले कुनै चासो देखाएको छैन । समाजिक संजालमा फोटो हालेर देखावटी धन्धा मात्र गरेको जनकपुरबासी बताउँछन् ।मेयर साह देखावटीको लागी मात्र सो वडामा निरिक्षण गरेको हो ।