जनकपुरधाम,श्रावण २३ गते
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामका लागी सरसफाई तथा फोहर व्यवस्थापन चुनौतीको विषय बनेको छ । जनकपुरधाम उपमहागरपालिकाको लागी फोहर व्यवस्थापन ठुलो चुनौतीको विषय बन्ने गरेका ता पनि सम्बन्धित निकायमोन बसेका छन् ।जनकपुरधामको चौकहरुमा मात्र होइन गल्लीमा फोहर समेत थुपारिएको देखिन्छ । बजारमा जथाभावी रहेपनि व्यवस्थापन गर्न उपमहानगरपालिकाले सकेको छैन । जनकपुरधामको विभिन्न चोकहरु थुपारिएको फोहर देखिन्छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लाल किशोर साहको लापरवाहीका कारणले फोहर व्यवस्थापन हुन सकेको छैन । नगर प्रमुख लाल किशोर साहले विभिन्न नाराहरु दिएर सरसफाईका लागी अभियान चलाएता पनि हालसम्म फोहर व्यवस्थानका लागी कुनै ठोस निर्णय लिएन सकेको छैन । नगर प्रमुख साहले स्थानीय क्लबहरुका पदाधिकारीहरु समय समयमा नगरमा कुचो लगाउने काम समेत गरकै हो । तर त्यो फोटो खिचाउने समाजिक संजालमा हाल्ने बाहेक केही गर्न सकेको सकेन । सरसफाईका लागी नगरमा कुचो लगाउनु नगर प्रमुख साहको देखावटी मात्र रहेको जनकपुरबासी बताउँछन् । मेयर लाल किशोर साहले सरसफाई तथा फोहर व्यवस्थापनको नाममा वर्षेनी लाखौ खर्च गर्ने गरेको ता पनि व्यवस्थापन हुन सकेन । धार्मिक नगरी पर्यटनका लागी जनकपुरधाम उपमहानगरपालिका स्वच्छ सुन्दर बनाउने बारम्बार नारा दिए पनि नारामा नै सिमित रहियो अभियान ।
अभियानका नाममा नगर प्रमुख साहले लाखौ खर्च गरेको हो । जनकपुरधाम लाई स्वच्छ र सफा सुन्दर बनाउने अभियानलाई छाडी पैसा कमाउने लोभमा आफ्नो आफन्तलाई विभिन्न योजनाहरु बाडेका उपनपा सा्रेतले बताए । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयको विभिन्न ंफाँटमा आफ्ना आफन्तहरुलाई नगर प्रमुख लाल किशोर साहले राखेका छन् । नगर प्रमुख साहले विभिन्न योजनाहरुमा रकम लिने गरेको उपनपा सा्रेतको भनाई छ । । जनकपुरधाम उपनपाले फोहर व्यवस्थापन गर्न उचित ठाउँ नभेटेपछि उपमहानगरपालिका वडा नं ४ स्थित अतिथि गृहमा थुपारिने गरेको छ ।
दिनहुँ नगर भित्रका उठाएका फोहर नगर प्रमुख लाल किशोर साहले अतिथि गृहमा नै फाल्ने लगाएको हो । दैनिक सो स्थानमा दर्जनौ ट्रयाकटर फोहर थुपारिने गरेको हो । वितग तीन चार महिना देखी नै नगरभित्रबाट उठाएका फोहर फालिने गरेको स्थानीयहरु बताउँछन् । अतिथि गृहमा थुपारिने गरेको कारण त्यस क्षेत्र नै दुर्घन्धित बनेको छ । क्षेत्र नै दुर्घन्धित भएपछि सर्वसाधारणहरु बाध्य भएर मुख, नाक छोपेर जानु परेको हो । त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई मुख, नाक छोपेर नै काम गर्ने गरेको सहजै देखिन्छ । वडा नम्बर ४ को कार्यालयको अगाडी नै फोहर थुपारिए पनि हालसम्म वडा अध्यक्ष सुदर्शन सिंहले कुनै चासो देखाएको छैन ।
उपमहानगरपालिकाले फोहर व्यवस्थानि गर्न नसक्दा क्षेत्र नै दुर्घन्धित बनेको र रोगको संक्रमण बढने देखिएको छ । थुपारिएका फोहर सडेगलेर निस्केका दुर्घन्धबाट पैदल यात्री,सडक छेउमा संचालन गरेका साना–ठुलो व्यवसायीलाई समेत समस्या भोगनु परेको हो ।फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हेजा, टाइफाइड तथा स्वासप्रश्वास सम्बन्धि रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् ।