Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
TRENDING
नगदेबाली बरामद पुण्य तिथि
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ
suchanadiary-suchana-diary-logo
No Result
View All Result

‘स्टिङ अपरेसन’मा घुस लिएका पूर्वडीएसपी दोषी ठहर

‘स्टिङ अपरेसन’मा घुस लिएका पूर्वडीएसपी दोषी ठहर

२६ साउन, काठमाडौं ।
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसनमा रंगेहात समातिएका एक प्रहरी अधिकृतलाई भ्रष्टाचार आरोपमा कसूरदार ठहर गरेको छ ।सर्वोच्च अदालतले डीएसपी रमेशकुमार तामाङलाई घुस लिएबापत तीन महिना कैद गर्ने विशेष अदालतले गरेको सजायलाई सदर गरेको हो ।सर्वोच्च अदालतले गत बैशाख ८ गते अख्तियारबाट नै नगद रकम लगेर रंगेहात पक्राउ गर्नु र भ्रष्टाचार मुद्दा चलाउनु गलत हुने भनी त्यससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावलीको नियम ३० खारेज गरेको थियो ।
त्यही फैसलाको राय लेखनमा समेत संलग्न न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको इजलासले गत मंगलबार ९२०७८ साउन १९ गते० पूर्वडीएसपी तामाङलाई सजाय गर्ने निर्णय सदर गरेको हो । फैसलाको पूर्णपाठ नआएकाले त्यसको आधार र कारण खुलेको छैन ।

के हो घटना ?

भक्तपुरको सिरुटारका रामकृष्ण हुमागाईंले २०७१ साल असार २८ गते कुमारी बैंकबाट मीनभवन क्याम्पस अगाडिको जग्गा लिलाम बढाबढमा किनेका थिए । त्यही जग्गामा रहेको घरमा बस्ने गणेशलाल अवालेले रिसको झोंकमा हुमागाईंलाई गालीगलौज गरे ।
त्यतिले मात्रै नपुगेर उनको फोटो सहितको पम्प्लेट जग्गा वरपर टाँसे । त्यसपछि हुमागाईंले गणेशलाल अवाले लगायतलाई कारबाही गर्न महानगरी प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिए ।
प्रहरीले घटनास्थलमा गई मुचुल्का उठायो । तर कुनै कारबाही अघि बढाएन । कारबाहीबारे जग्गाधनी हुमागाईंले चासो राख्दा भोलि, पर्सि भनी आलटाल गरे । डीएसपी तामाङले कारबाही अघि बढाउन हुमागाईसँग ५० लाख रुपैयाँ मागे । र हुमागाईंले घुस मागेको विषयमा अख्तियारमा उजुरी दिए ।
अख्तियारको टोलीले स्टिङ अपरेसन गरी डीएसपी तामाङलाई एभरेष्ट होटलको लोट्स गार्डेन बाहिर ५० हजार रुपैयाँसहित पक्राउ गर्‍यो । ‘हुमागाईंसँग मैले मागेको सापटी ५० हजार रुपैयाँ एभरेष्ट होटलमा मबाट बरामद भएको हो,’ तामाङले अख्तियारमा बयान हुँदा भनेका थिए, ‘म बानेश्वर वृत्तमा हाजिर भएको २÷३ दिन पछि चिनजान भएको हो ।’
विशेष अदालतमा पनि उनले त्यस्तै व्यहोराको बयान दिए । उनले भनेका थिए, ‘रकम सापट लिई सकेपछि मलाई अख्तियारको टोलीले पक्राउ गरी अनुसन्धान गरेको हो । रामकृष्ण हुमागाईंले नियोजित रुपमा मलाई फसाउन बोलाएका रहेछन् । मैले सजाय पाउनुपर्ने होइन ।’
विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य महेशप्रसाद पुडासैनीको इजलासले २०७३ साल मंसिर २६ गते उक्त घटनामा डीएसपी तामाङले घुस नभई दान दातव्य वा सहयोग लिएको ठहर गर्‍यो । विशेष अदालतले अडियो रेकर्डमा पनि सापटी भनेर लेनदेनको कुरा भएको भन्दै फैसलामा यसैलाई आधार मानेको छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घुस लिने दिनेलाई सजायको व्यवस्था छ भने ५ मा दान, दातव्य, उपहार वा चन्दा लिनेलाई सजायको व्यवस्था छ । विशेष अदालतले डीएसपी तामाङलाई तीन महिना कैद सजाय हुने फैसला गर्‍यो र बरामद भएको रकम अख्तियारमा पठाउन आदेश दियो ।
फैसला स्वीकारेर बसेका डीएसपी तामाङ त्यसविरुद्ध पुनरावेदनका लागि सर्वोच्च अदालत गएनन् । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दान, दातव्य वा उपहार लिएको नभई तामाङले घुस नै लिएको दाबी सहित सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दियो ।
२०७३ साल फागुन २३ गते सर्वोच्च अदालतमा दर्ता भएको पुनरावेदनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतकै फैसला सदर गरेको हो ।साभार अनलाइन खबर

Discussion about this post

Related Posts

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध
BannerNews

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

३ महिना अगाडि
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी
BannerNews

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

७ महिना अगाडि
BannerNews

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

७ महिना अगाडि
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह
BannerNews

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

१० महिना अगाडि
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो
BannerNews

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

१ वर्ष अगाडि
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने
BannerNews

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

१ वर्ष अगाडि

ताजा समाचार

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

3 months ago
झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

7 months ago

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

7 months ago
आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

10 months ago
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

1 year ago
नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिने

1 year ago

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

© 2020 Suchana Diary || Powered By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
  • दुर्घटना
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
  • अर्थ

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In