जनकपुरधाम, साउन २६ ।
होटेलको लिफ्टमा खेल्न गएका बालकमाथि निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार सांझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षिय बालकलाई उनले निर्घात कुटपिट गरेका थिए । वडा नं ५ बस्ने १३ वर्षिय बालक आदित्य ठाकुर लिफ्टमा खेल्न गएका बेला संचालक अमरनाथ गुप्ताका दुई कर्मचारीले लिफ्ट बन्द गरी मारसन्न हुने गरी कुटपिट गरेको स्थानीयको आरोप छ । बालकलाई लिफ्टमा बन्द गरी छटपटी रहेको अवस्थामा स्थानीयले देखेपछि ती बच्चालाई जोगाएका थिए ।
होटेलका संचालक अमरनाथ गुपताकै निर्देशनमा नै कुटपिट गरिएको बालकका बुवा संजय ठाकुरलाई समेत ती कर्मचारीहरुले कुटपिट गरेका छन् ।
कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका संचालक अमरनाथ गुप्ता, गुप्ताका कर्मचारी महोत्तरीको मनरा सिस्वा नगरपालिका ३३वर्षिय राम पुकार ठाकुर र ३८ वर्षीय शुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषा धनुषाका प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएको बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा चलिरहेको छ ।