
जनकपुर धाम – श्रावण २६ मंगलबार
भावनात्मक एकता सहितको राष्ट्रिय एकताको लागि साहित्यिक महाअभियानमा लागेका बलेंसी साहित्यकार द्वारा प्रदेश प्रमुखलाई प्रस्ताब पत्र हस्तान्तरण गरेका छन् ।
भाषा, कला, साहित्य र संस्कृति, शिक्षा, पर्यटन र पर्यावरणको उत्थान, विकास, प्रवर्धन र संरक्षण; आपसि विश्वास, सद्भा्व र भावनात्मक एकता सहित राष्ट्रिय एकताको माध्यमबाट नवजागरण युगको स्थापना” भन्ने मूल नाराका साथ देशै भरीका भाषा, कला, साहित्य र संस्कृति लगायतको लिपिबद्ध उत्थान, प्रवर्धन र संरक्षण गरी अन्तराष्ट्रियकरण गर्ने मुल उद्देश्यले स्थापना भई सञ्चालनमा रहेको बलेँसी साहित्य समाज नेपालका संस्थापक अध्यक्ष केशवप्रसाद पौडेलले प्रदेश प्रमूख राजेश अहिराज लाई प्रस्ताब पत्र हस्तान्तरण गरेका छन् ।
समाजिक जागरण ल्याउने साहित्य कार्यक्रमले समाजको ऐनाको रूपमा काम गर्ने भएकोले आफ्नो यस कार्यक्रममा सकारात्मक सहयोग रहने र उल्लेख्य भुमिका निर्वाह हुने कुरा प्रदेश प्रमुख राजेस अहिराजले व्यक्त गर्नु भयो ।