जनकपुरधाम , साउन २६ गते
अाफ्नै श्रीमानबाट एसिड अाक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेचनेलाई अदालतले सफाइ दिएपछि अाक्राेशित बनेकी छन् । जिल्ला अदालत धनुषाले उनीमाथि एसिड खन्याउने उनकै श्रीमान सञ्जीव साहलाई दाेषी ठहर गरेको छ भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएकाे छ । साेमबार न्यायाधीश कृष्णमुरारी शिवाकाेटीकाे इजलासले सञ्जीबलाई दाेषी ठहर र एसिड बेच्ने नागेन्द्र साहलाइ सफाइ दिएको हाे । सञ्जीवमाथि सजाय निर्धारण भने बाँकी नै छ । अदालतकाे फैसालाविरुद्ध अारतीले मंगलबार अदालत पुगेर अापत्ति जनाएकी हुन् । एसिड बेच्ने नागेन्द्रलाई किन सफाइ दिएकाे भनेर उनले अदालतमै अाक्राेश पाेखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । अदालतमा हल्ला गर्न पाइँदैन भनेर उनलाई प्रहरी कार्यालय लिएर अाएका हाैं धनुषाका डीएसपी जितेन्द्र बस्नेतले भने । अारतीलाई सम्झाई बुझाई छाडिदिने बस्नेतले बताए । अदालतले एसिड बेच्नेलाई सफाइ दिएको खबर पाएलगत्तै अारती अाक्राेशित बनेकी छन् । उनले वकिलले पैसा खाएर एसिड बेच्नेलाई सफाई दिन लगाएको अाराेप लगाएकी छन् । अारतीमाथि एसिड खन्याएकै दिन पक्राउ परेका श्रीमान सञ्जीवबिरुद्ध सरकारी वकिलकाे कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायकाे माग गर्दै अभियाेग पत्र दर्ता गराएको थिए । २०७७ कात्तिक २९ गते दिपावलीकाे दिन जनकपुरधाम उपमहानगरपालिका -७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती अारती साह र छाेरी रियामाथि एसिड प्रहार गरेका थिए ।