जनकपुरधाम, साउन २६ गते ।
जनकपुरधाममा गुणस्तरीय कपडा पसलको अभाव रहेको समयमा एक गुणस्तरीय कपडा पसल संचालनमा ल्याइएको छ । राजनारायण साहले जनकपुरधामको भानु चौकमा नूतन क्लोथ एण्ड नूतन कलेक्सन नामक सो पसल संचालनमा ल्याएका हुन । गुणस्तरीय सबै प्रकारका कपडाका लागि भौतारिनु नपरोस भन्ने उद्देश्यले सो पसल संचलानमा ल्याइएको पसल संचालक साहले बताए । उनले गुणस्तरीय ब्राण्डका कपडाहरु अब जनकपुरधाम बजारमै उचित मूल्यमा उपपलब्ध हुने दावी गरे ।
उनले पसलमा ४ हजारभन्दा बढीको कपडा किन्ने ग्राहकलाई एउटा सर्टको कपडा गिफ्टको रुपमा प्रदान गरिने बताए । यसका साथै वर्षभरीमा ५ लाखभन्दा बढीको कपडा किन्ने ग्राहकलाई विदेश टुरको प्याकेजका साथै विवाहको सीजनमा एक लाखको कपडा खरिद गर्दा विवाह जोडीलाई ३ दिनको हनिमून प्याकेज दिइने जानकारी दिए ।
सो पसलको उदघाटन सियाराम कपडा कम्पनीका भारतीय प्रतिनिधि रोहन मेहता र जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले संयुक्त रुपमा गरेका थिए ।
उक्त कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिब मनोज साह,सचिब फुलदेव पंडित,कोषाध्यक्ष परमेश्वर साह लगायतका व्यापारीहरुको उपस्थिति रहेको थियो ।