रुपन्देही, श्रावण २८ गते
सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका नेता जितेन्द्रनाथ शुक्ला(बब्लु) पक्राउ परेको छ ।रुपन्देही सम्मरीमाई गाउँपालिका अध्यक्ष समेत रहेका नेता शुक्ला जबरजस्ती करणी आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो । उनी विरुद्ध पीडित महिलाको उजुरीको आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको हो । नेता शुक्ला स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भए पश्चात पटक–पटक दल परिवर्तन गर्दै आइरहेका छन् ।साभार नेपाल प्रेस अनलाइनबाट