जनकपुरधाम, साउन २८ गते ।
धनुषाको एक विद्यालयबाट ढोका तोडेर दुईवटा ल्यापटपसहित कम्प्युटर चोरी भएको समान प्रहरीले बरामद गरेको छ । बटेश्वर गाउँपालिका २ भूचक्रपुर स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका तोडेर १८ गते सोमबार राति चोरी भएको समान धनुषा प्रहरीले विहिवार बरामद गरेको हो । चोरी भएको समान धनुषा प्रहरीले १८ थान सी.पि.यू १८ थान डेस्कटाँप,१ थन प्रोजेक्टर, १ थान २९ पेटी नेट बक्स बरामद गरेको हो । समान सहित धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् ।विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट सादा पोसाकमा प्र.ना.निको कमाण्डमा खटिएका टोलीले बटेश्वर गाउँपािलका वडा नं ४ प्रमोद महतोको घर लुकाएर राखेको सामानसहित तीन जनालाई पक्राउ गरेका हो ।धनुषा प्रहरीले मिथिला नपा–८ कुशुम वि बिछैना बस्ने राम प्रगास महतो, बटेश्वर गा.पा ३ बस्ने बुधन महतो र वडा नं ४ बस्ने प्रमोद महतोलाई पक्राउ गरेका छन् । पक्राउ परेका तीनै जनालाई धनुषा प्रहरी कार्यालयमा राखी आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।विद्यालयका प्रधानाध्यापक राउतले विभिन्न संघसंस्थाले विद्यार्थीलाई अध्ययनको लागि दिएको दुईवटा ल्यापटपसहित ३२ वटा कम्प्युटर, एक एक वटा प्रिन्टर र प्रोजेक्टर कम्प्युटर कक्षाकोठाको ढोका तोडेर चोरी भएको जानकारी गराएका थिए ।