जनकपुरधाम, श्रावण ३१ ग्ते
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर भएसंगै धमाधम प्रतिष्ठानहरु संचालनमा आउन थालेका छन् । प्रतिष्ठानहरु संचालमा आउने थालेपछि जनकपुरमा आजदेखी थप एक होटेल संचालमा आएको हो । जनकपुरको बजार र पर्यटकहरुको मध्य नजर राख्दै जनकपुरको रामान्नद चौकमा र बाह्विघाको बीचमा रहेको कृष्णा हस्पिटलको सामुनेमा होटल ग्रीन पैलेश एण्ड गेष्ट हाउस सञ्चालनमा आज देखी आएको हो ।
। नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहद्वारा आज होटेल ग्रीन पैलेश एण्ड गेष्ट हाउसको समुद्घाटन गरिएको हो ।
होटलको समुदघाटन गर्दै नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साहले सञ्चालनमा आएको यस होटलले सस्तो तथा गुणस्तरीय सुविधा दिने विश्वास व्यक्त गरे ।आफ्नै क्षेत्रमा युवाहरु लगानी गर्न थालेको र स्वदेशमा लगानी गरी आफ्नै माटोमा रोजगारीको अवसर प्रदान गर्दै उज्जवल भविष्य निर्माणमा जुटेकोमा युवा नेता समेत रहेका साहले बधाई दिदै धन्यवाद ज्ञापन गरेका हुन ।
कोरोना भाइरस(कोभिड–१९) संक्रमणका कारण होटेल व्यवसायी धारासायी बन्दै गएकोमा उनले चिन्ता समेत व्यक्त गरेका छन् । होटेलका संचालक विशाल रायले जनकपुरधाममा होटलको अभाव रहेको समयमा आफुहरु यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिने बताए ।जनकपुरधाममा केहि वर्षको अन्तरालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएपछि पर्यटकको संख्यामा वृद्धि भएको हो । यद्यपी कोरोनाको कारण अहिले यहाँ आउने पर्यटकको संख्यामा कमी आएको हो ।