जनकपुरधाम,श्रावण ३२ गते
नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद् समेत रहेका हरिशंकर मिश्रलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गरेको छ । आज मन्त्रिपरिषद्को बैठकबाट नेता मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरिएको हो । मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको जनाइएको छ ।महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका उनी नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए ।यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा गत फागुन ९ गते नियूक्त गरेको थियो ।प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियूक्त प्रदेश प्रमुख मिश्रलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफूलाई प्रदेश प्रमुखको रुपमा काम गर्ने अवसर दिएकोमा सरकारलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।साथै कार्यकाल अवधिभर नागरिकसँग बस्ने मौका पाएकोमा प्रदेशका हरेक नागरिकप्रति समेत उनले आभार व्यक्त गरेका छन् ।
Discussion about this post