जनकपुरधाम,श्रावण ३२ गते
धनुषाको धनुषाधाममा बजाज कम्पनीको मोटरसाइकल शो रुम आजदेखी संचालन आएको छ । अत्याधुनिक सुविधा सम्पन्न मां दुर्गा अटो मोबाइलले बजाज कम्पनीको मोटरसाइकलको शो रुम आज देखी संचालनमा ल्याएको हो । आज नेपालको ओद्यौगिक क्षेत्रका प्रख्यात कम्पनी गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यू गोल्छाले रिवन काटर मोटरसाइकल शो रुमको समुद्घाटन गरेका छन् । यस क्षेत्रका नागरिकलाईक सेवा दिने उद्देश्वले मोटरसाइकलको शो रुम संचालमा ल्याएको शो रुमका संचालक संजय यादबले बताए ।
यस क्षेत्रमा बजाज कम्पनीको शो रुम नहुँदा बाध्य भएर मानिस बाहिर जानुपर्ने अवस्था थियो । समुद्घाटन कार्यक्रममा पुर्व मन्त्री राम सिंह यादव,धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मंडल,शुभनारायण यादव लगायतका उपस्थिति थियो ।
आजको दिनमा नेपालमा सर्वाधिक बिक्रि हुने बजाज कम्पनीको मोटरसाइकल नै हुन ।