जनकपुरधाम, भाद्र २ गते
महावीर युवा कमिटीको नयाँ नेतृत्वका भाद्र १२ गते निर्वाचन हुने भएको छ । नयाँ नेतृत्वका लागी हुने १५ औं निर्वाचनमा विभिन्न पदमा उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी घोषना गर्दै छन् । कमिटीको अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिने घोषना गरेको हो । अध्यक्षमा अजय कुमार गुप्ता, विकास चोधरी, बलराम साह,दिलीप साह(आदी) र प्रदिप भगतको नाम चर्चामा रहेका छन् । यी अध्यक्षका पाचोँ उम्मेदवार उम्मेदवारी दिने घोषना गरेका छन् । उपाध्यक्ष पदमा महेश कुमार साह, सरोज कुमार चौधरी, दिनेश कुमार हाथी र अनिल साह(मिठ्ठा)को नाम चर्चामा छन् । महासचिब पदमा भरत साह, दिपक साह(मिन्टु) चन्दन नागवंसीको नाम चर्चामा रहेको छ । सचिबमा त्रिदेव प्रसाद साह र विकास साह रहेका छन् भने कोषाध्यक्ष पदमा मोहन साह, विकास राय,चन्दन राज शर्मा र शशी कुमार साहले उम्मेदवारी दिने चर्चामा रहेका छन् ।
कमिटीको कार्यकारणी समितिमा ६ जना हुनुपर्नेमा १ दजृन भन्दा बढिले उम्मेदवारी दिने घोषना गरेको हो । उम्मेदवारहरु निर्वाचनको मिति तोकिए भन्दा एक महिना पुर्व देखी कसरतमा लागेका छन् । उम्मेदवारहरु आफनजो पक्षमा मतदान गर्न आफना आफन्तसंगै सदसयहरुको घर देखी प्रतिष्ठानसम्म पुगेर जोडतोडका साथ कसरत गरिरहेका छन् । निर्वाचनको मिति नजिकदा जाँदा उम्मेदवारहरु अबेर रातीसम्म महावरि चौक, राम चौक लगायत चौकहरुमा देखिन्छ । यता कमिटिको निर्वाचनका लागि बनाइएको निर्वाचन समिति संयोजक शंकर साहका अनुसार भदौ १२ गते हुने निर्वाचनका लागि भदौ १ र २ गते सदस्यता नविकरण, भदौ ४ गते शुक्रवार उम्मेदवारहरुको उम्मेदवारी दर्ता मनोनयन, ५ गते शनिवार दावी विरोधको र १२ गते निर्वाचन हुनेछ ।संयोजक साहले निर्वाचन अगाडि उम्मेदवारहरुका लागि एउटा प्रशिक्षणको कार्यक्रम रहेको र सो प्रशिक्षणमा उम्मेदवारहरु अनिवार्य उपस्थिती हुनुपर्ने नभए उम्मेदवारी समेत खारेज हुन सक्ने सम्मको नियम बनाइएको छ । साथै यस अघिको हरहिसाव बाँकी बक्यौता राखेका व्यक्ति उम्मेदवार हुन नपाउने समेत साहले बताए यद्यपि उनी मत खसाल्न सक्ने उनको भनाई छ ।