जनकपुरधाम, भाद्र २ गते
नयाँ पार्टी गठन भएको खुशीयाली जनकपुरमा दीप प्रज्जवल गरिएको छ । जसपाका महन्थ ठाकुर समूहले जसपा लोकतान्त्रिक पार्टी गठन भएको खुशीयालीमा जनकपुरधामको जानकी मन्दिर, पर्सा, रौतहट, बारा, सप्तरी, सिरहा, महोत्तरी,सर्लाही लगायत विभिन्न ठाउँहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरुले आज साँझ दीप प्रज्जवल गरेका छन् । मधेशीहरुको हक अधिकार र देशको हितमा सार्थक सावित गर्नुपर्ने लक्ष्यसहित खुशीयाली संगै दीप प्रज्जवलको आयोजना गरेको प्रदेश नं २ का प्रदेश सांसद परमेश्वर साहले बताए ।
एकतालाई तोडनेलाई मधेसी जनताले आउने समयमा सजाय दिन्छ भन्दै अब लोकतान्त्रिक शक्ति एकजुट भएर पार्टीलाई अगाडी बढाउने नेता तथा कार्यकर्ताहरु धारणा राखेका छन् । कार्यक्रममा प्रदेश सांसद सुरिता साह, पुर्व सांसद दिनेश प्रसाद साह,उपमेयर रिता झा, नेताहरु संजय सिंह, संजय चौधरी, राजु चौधरी,दिपक झा,जानकी राम साह, दिपेन्द्र साह, पप्पु चौधरी, धिरेन्द्र सिंह, प्रशान्त झा सहितको उपस्थिती थियो ।