जनकपुरधाम, भदौ २ गते ।
नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपि गजुरेलले संसदीय व्यवस्थाको परिवर्तन नहुञ्जेलसम्म मुलुकको समस्याको समाधान नहुने बताएका छन् ।
बुधबार जनकपुरधाम स्थित विमानस्थलमा क्रान्तिकारी माओवादी धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सीपि गजुरेलले यस्तो बताएका हुन् ।
संघीय जनगणतन्त्रका लागि भएको आन्दोलनबाट पुरानै खालको संसदीय व्यवस्था आएको हुनाले अहिले मुलुक गम्भिर मोडमा पुगेको बताए । संसदीय व्यवस्थामै आधारित संघीय लोकतान्त्रिक गणतान्त्रिक आएकोले ठुलो परिवर्तन हुन नसक्दा मुलुक र जनताको समस्याहरु सामाधान हुन नसकेको बताए । उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण नभएसम्म जनताको जिउज्यानको सुरक्षा र सतर्कता अपनाउनुपर्ने भएकाले जनतालाई अहिलेको व्यवस्थाको विरुद्ध सडकमा उर्लन आह्वान नगरेको बताए । उनले कोरोना रोकथाम र नियन्त्रण भएपछि जनता सडकमा उर्लन तयार रहेको समेत बताए ।
उनले भने– कोभिडले जनतालाई नै सबै भन्दा बढी स्वास्थ्यको चुनौती रहेको छ । जनस्वास्थ्यमा असर पर्ने भएकोले हामीले जनतालाई सडकमा उर्लनका लागि आन्दोलनको घोषणा गरेका छैनौँ । कोभिड रोकथाम र नियन्त्रण भएपछि जनता सडकमा उर्लन तयार छ ।
देशमा राजनीतिक र राष्ट्रिय स्वाधिनता लगायतका तमाम प्रकार माथि संकट उत्पन्न भएको भन्दै नेता गजुरेलले संकटको समाधान कसरी गर्ने हो त्यस तर्फ सबैको ध्यान केन्द्रित रहेको बताए ।
नेता गजुरेलले भने– कुनै एक व्यक्तिका अहिलेको समस्या उत्पन्न नभई संसदीय व्यवस्थाको कारणले मुलुकमा समस्या उत्पन्न भएकोले यसको विकल्प खोज्नु आवश्यक छ ।
उनले देशमा राजनीतिक र राष्ट्रिय स्वाधिनता लगायतका तमाम प्रकार माथि संकट उत्पन्न भएको भन्दै नेता गजुरेलले संकटको समाधान कसरी गर्ने हो त्यस तर्फ सबैको ध्यान केन्द्रित रहेको बताए ।
नेता गजुरेलले भने– कुनै एक व्यक्तिका अहिलेको समस्या उत्पन्न नभई संसदीय व्यवस्थाको कारणले मुलुकमा समस्या उत्पन्न भएकोले यसको विकल्प खोज्नु आवश्यक छ ।
उनले अहिलेको समस्या कुनै एक व्यक्तिका कारण सृजना नभएको बताए । संसदीय व्यवस्था भित्रै रहेर संसदीय नेता वा कुनै एक व्यक्तिलाई प्रधानमन्त्री बनाएर अहिलेको समस्या समाधान नहुने समेत उनले औल्याए । उनले संसदीय व्यवस्थाको विकल्पमा अग्रगामी परिवर्तन अपरिहार्य रहेको बताए ।
नेता गजुरेलले भने– ओलीजी प्रधानमन्त्री हुदाँ निरंकुशता र फासीवाद लाद्न खोज्नु भो । हामीले पनि त्यसको विरोध गर्यौँ । ओलीलाई हटाएर समस्या समाधान हुदैँन । एउटा व्यक्तिलाई हटाएर अर्को व्यक्तिलाई राखेर समाधान होइन ।
उनले अघि थप्दै भने– एउटा संसदीय पार्टीका नेता मध्ये कसैलाई प्रधानमन्त्री अर्कोलाई ल्याएर पनि हुदैँन । एउटा व्यक्तिलाई हटाएर अर्कोलाई ल्याएर हुदैँन । यो व्यवस्थाकै कारण समस्या उत्पन्न भएको हो । यो व्यवस्था नै बदल्नु पर्छ । व्यवस्था नै अग्रगामी परिवर्तन हुनुपर्छ । यो भन्दा अगाडीको व्यवस्थालाई हटाउनुपर्छ ।उनले अर्को प्रसंगमा दल खोल्नका लागि २० प्रतिशत संख्या पुर्याएर अर्को पार्टी गठन गर्न पाउनुपर्ने व्यवस्था सम्बन्धी ल्याएको अध्यादेशको विरोध गरे । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले समेत सोही अध्यादेश ल्याउन खोज्दा व्यापक विरोध गर्नेहरुले नै अहिले २० प्रतिशतमा पार्टी गठन गर्ने सम्बन्धी अध्यादेश ल्याएको बताउदैँ उनले अब मुलुकमा धेरै नै पार्टीहरु खुल्ने बताए ।
उनले भने– हिजो विरोध गर्नेहरुकै सिफारिसमा राष्ट्रपतिले दल खोल्ने अध्यादेश ल्यायो । अब नेपालमा धेरै पार्टी हुने भो । धेरै दलहरु खुल्ने छ ।
क्रान्तिकारी माओवादी धनुषाका नेता ज्ञानलालको आमाको मृत्यू भएकोले ढेकहा गाउँमा श्रद्धाञ्जली अर्पण गर्न आएका हुन् । त्यसपछि शहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवसको अवसरमा नगराईन नगरपालिका स्थित घोडघास गाउँमा गाउँ स्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा क्रान्तिकारी माओवादी धनुषाका सेक्रेटरी शीतल कर्णले जानकारी दिए ।